गजल ५५५

गोविन्द लुइँटेल यार
अमेरिका
कालो धन्दा कालै हुन्छ के भो कमाएर ?
लुकिछिपी बैङ्कमा अर्थ के भो जमाएर ?

मन भित्र छटपटी र बेचैन छ अचम्मको
पार्टी प्यालेसमा हल्लामा के भो रमाएर ?

न छातीमा राष्ट्रियता छ, न त भावना कुनै
देश द्रोहीलाई नागरिकता के भो थमाएर ?

दैनिक काम हुनेगर्छ दुई नम्बरी वालाको
अपराधी  छुट्छ छिनमै के भो समाएर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *