गजल ५४७

अनन्त आचार्य
अस्ट्रेलिया

नितान्त एक्लै छु तिम्रो यादमा।
अहिले बेग्लै छु तिम्रो यादमा।

वसन्त हतारिँदै छ सुगन्ध खोज्न।
कतै दुखेको सुन्छु तिम्रो यादमा।

सौन्दर्य त्यो हृदयकाशभित्र ।
लुकेर रुन्छु तिम्रो यादमा।

सुषुप्त निरीह भविष्यहरू।
उठ्न खोज्छु तिम्रो यादमा ।

मातृवात्सल्य लुटिएको अतीत ।
म फुटेको हुन्छु तिम्रो यादमा।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *