गजल ५४९

डिल्लु चौलागाँई
सिन्सिनाटि, ओहायो
जति नै देखाऊ जति नै गर पानी नभए जीवन चल्दैन
सुनकै  ओछ्यान  सुत बिहानी नभए जीवन चल्दैन
तिमी रिसाउँदा संसार नथामिए पनि दोष लाग्दैन हेर
तिम्रो ठेकी र ,मेरो माया मधानी नभए जीवन चल्दैन
सोझो हुनु भन्न त बाले अनि ,तिमीले सधैँ भन्ने गर्छ्याै
यो मुलुकमा हेर माया,  बेइमानी  नभए जीवन चल्दैन
बाँच्न त कमिलो पनि आफ्नो तरिकाले बाँच्छ माया
सम्झ मेरो छाती तिम्रो  सिरानी नभए जीवन चल्दैन
भन्न न त सबैले गर्छु भन्छन् ,भरोसा मात्र देखाउँछन्
जति नै गर गरिबलाई  ,राहदानी नभए जीवन चल्दैन ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *