गीत
यदुराज बराल
मिसिगन, अमेरिका
जिन्दगीनै नशा हो या नशा जिन्दगी
जीवनलाई नशा सोचे भूल हो जिन्दगी
मार्न मर्न कठोर बन्छौ आफू लुकी लुकी
कठै मेरो कस्तो नशा रहेछ सस्तो सस्तो
कति रोइन् आमा मेरी छाती पिटी पिटी
सपनाको संसार ढल्दा आँखा मिची मिची
नशा होइन छातीभित्र माया बसाउन
आँसु धारा नशा होइन माया मिसाउन

