गीत: ४४

छातीभित्र गहिरो यो चोट लागेपछि
सपनाका सुन्दर फूल ओइलिएर झरिरहे
शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि
जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ

सुख हो कि दु:ख हो कि कर्मको नै खेल हो कि
बाँच्नु पर्ने, हाँस्नु पर्ने रहरभित्र विष हो कि

मन रुन्छ भाग्यले नै गर्नुसम्म गरेपछि
के भन्नु र अब मैंले खुसी सबै हरेपछि

छातीभित्र आगो बल्छ पीडाको त्यो बगरमा
कठै मेरो हाँस्ने दिन आउला भन्दै हेरिरहेँ
शितल  थियो जूनजस्तै अन्धकारले ढाकेपछि
जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *