गीत – छम छम

छम छम छम छम नाची देऊ कञ्चन
चिन्ता नलेऊ दुनियाँले के भन्छन्

लामो छोटो लुगा मेरो नापी हिँड्ने बानी छैन
मैले लाएको कुरा काट्ने मान्छे मन पर्दैन

तिम्रा लागि म छंदैछु मेरा लागि तिमी
हामी नै हो एकर्काको जीवन पूरा गर्ने

तिम्रै हुँ म धड्कन बन्ने तिम्रै लागि मर्ने
माया गर्छौँ दुनियाँको वास्ता किन गर्ने

तिमी पाएँ जिन्दगीमा सपना भयो पुरा
छोडी देऊ यस्ता उस्ता दुनियाँका कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *