गुनासो
हरिप्रसाद सापकोटा
अल्बेरी, अष्ट्रेलिया
हे मेरा सुन दाजु भाइ बहिनी दिदी र आमाहरू ।
हे बाबा सुन लौ यसै समयका हाम्रा अवस्थाहरु ।।
भन्नै पर्छ अहो! डुभेछ अबता हाम्रा पुराना कथा।
नेपाली हुँनमा छ गौरव भनी हाँसेर भन्थें म ता।।१।।
मीठो लाग्छ अझै वचन् अतितका वालापनैका कुरा।
आफ्नै शव्द थिए थिए सब कुरा साहित्य भाषा पूरा।।
मन्का भाव सबै मिलेर सहजै नेपालि भाषामहाँ ।
गर्थ्यौं व्यक्त अहो!भुलेछ अब ता डुभ्यो कहाँ हो कहाँ ।।२ ।।
सङ्गीनी, कविता र वालन अरू सार्दूलविक्रीडितै ।
झ्याउरे,रोधि, गजल् र सोरठि अहो!सेलो, सवाई तथा।।
छैनन् क्यै पनि आदिकाल तिरका राम्रा पुराना कथा ।
भाषा संस्कृति ढल्न तत्पर भयो लाग्यो मुटूमै छुरा ।।३।।
‘बाबा’शव्द भुलेर पूर्ण रूपले ‘ड्याडी’ पुकार्ने भयो ।
‘आमा’ शव्द मिठो भुलेर दुनियाँ ‘मम्मी’नछोड्ने भयो ।।
‘मामा-भानिजनै’ छ शव्द गतिलो मीठॊ वचन्मा अहो! ।
‘अङ्कल्’ले सकियो हरे!शिव!प्रभो!! उदेक् अचम्मै भयो ।।४।।
नानीलाइ फकाउने लय थियो ‘लोरी’ बिरानों भयो ।
‘हाहाहा’ अनि ‘नानि लोहि चचला लैलैल’ भन्ने थियो ।।
‘नानी हाम्म पुई पुई’भनिने ती जो वाल भाषा गए ।
‘पापा माम बुबू सुपुक्क’सकिए ‘आइ्लाव्यु बेबी’ भए ।।५।।
हज्जुर्बा र हजुर्मुमा विच अहो! ती नातिनातीनको ।
भाषै मिल्न सकेन हे सुजन हो बातै छ यो दु:खको ।।
राम्रै बात गरेनि बालहरुले ती वृद्ध वृद्धा महाँ ।
के बुझ्नू र कठै!मिलेन नि कुरा के भन्नु के के कहाँ ।।६।।
मन्का भाव सहज् टिपेर कविजी कोर्थे कविता पुरा ।
नेपाली हुनमै छ गौरव भनी लेख्थे कवीजी कुरा ।।
क्या मीठो सुन भाइ वन्धुहरु हो काव्यै कला कौशला ।
यीनै पढ्न र लेख्न हौसल दिए नानीहरुमा भला ।।७।।
आफ्नों पन् त हुँने थिएन बिचलित् आफैं बिचार् गर्दिए ।
पढ्नै लेख्न र बोल्न सिक्न दिनु है नाशिन्छ भाषै गए ।।
तत्कालै यसको कुनै असारता पर्दैन हाँमी कन ।
एक्छिन् सोच बिचार् गरे शुजनले काम् लाग्छ कोही दिन ।।८।।
भुल्नू हुन्न कसै कुनै बखतमा यो मातृभाषा भनी ।
विन्ती मात्र सकिन्छ गर्न यसमा बिचार गर्न पनि।।
बाँकी सब् यि कुरा बिचार गरने पालो यहाँकै हुँदा ।
बेलैमा उपचार गर्नु बढिया आयू उमेरै हुँदा ।।९।।