गजल : हाँडी गाउँमा

ईश्वर प्रवासी
ओहायो, अमेरिका

कहीँ नभएको जात्रा, किन गर्‍यौ हाँडी गाउँमा
गाँस-बाँस उठाएर,  बसाइँ सर्‍यौ हाँडी गाउँमा ।

पगरी गुथी घरमै बस्छौ, माखो मार्ने हुती छैन
वारी पारि बैरी पाली, जहर छर्‍यौ हाँडी गाउँमा ।

आखिर एक दिन मर्नै पर्छ, किन गर्छौ तेरो मेरो
कालो धन कुम्ल्याएर, तल झर्‍यौ हाँडी गाउँमा ।

पाप एक दिन कराउँछ, भन्ने गर्छन् बुढापाका
अख्तियारले समाउँदा, जिल्ल पर्‍यौ हाँडी गाउँमा

दायाँ बायाँ प्रहरी, पत्रकारको सवाल खर्रो
कालो निलो रङ्ग फेरी, झन्डै मर्‍यौ हाँडी गाउँमा ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *