यस्तै छ यहाँ
कृष्ण ‘सङ्घर्ष’ ढुङ्गेल
एडीलेट, अस्ट्रेलिया
अचेल नयाँ पालुवाहरू
वैँशको आवेगमा
अतीत भुली,भाषा साहित्य संस्कृति आवृत गर्दै
रुमलिँदै,रमाउँदै ,चम्किँदै छन् पश्चिमी धरातलमा ।
पूर्णिमाको जून जस्तै
जिउने बाहानमा,
खुल्दै छन् वर्षाद पछि आकाश खुले जस्तै ।
एक आवाजमै चौरासी वेजनको भोग गर्छन्
चैत्र वैशाखको आभास हुन्न
पुस माघको ओट कप्ने जाडोले छुन्न
एकै घरमा अनेकै शङ्खधुनी गुन्जछन्
मिरमिरे बिहानी सँगै
एकासीयौं शताब्दीको खोक्रो आडम्बरको खोस्टो ओढ्दा
मान्छेलाई मान्छे गन्दैन ।
जीवित शिव पावती निर्जन निकुञ्जमै कैद हुँदा
आफ्नो पन बिलायो
संस्पर्श हरायो भाइचारामा।
त्यसैले !
चुप-चाप छन् दुःखी मनहरू
निरङ्कुश तानासाही बाघ जस्तै
धावा बोल्दै गर्जिँदै अस्मिता लुट्दा
नरसाएका परेली अनायासै मौसम बदलिए जस्तै
परेलीको ढोका खोली अविरल बगी रहेछन् आँशुको वर्षा जस्तै ।
सायद दुर्ध फाट्दा !
दुखी मनहरू विवश, लाचार छन् सिरानी भिजाउन ।
मृत्युलाई आवन दिर्दै आँशुको पोखरीमा डुब्दै बाँची रहेछन्
अटल चट्टान जस्तै घर-घरमा वैरी बनेर ॥