जन्मभूमिको सम्झना
जन्मभूमिको सम्झना

उमा अधिकारी(दवाडी)
कोलम्बस, अमेरिका
तीन्चुले मुनी सानु गॅाउ रसीलो सोमा भनि चिन्दथे
गाडीको सुबिधा थिएननी त्यहॅा मन्छे सबै हिन्दथे ।
टाडा बाट हिडेर आइपुगथे बास् पॅाउ एक् रात् भनी
पाहुनाहरू साइनु जोडदथे पीता र पुर्खा गनी ।।
कस्मा को हुनुभो कता हिडनुभो कत्ती जाहान् छन् कॅाहा?
आगो ताप्ने गरी बसी वरीपरी सोध्खोज हुन्थ्यो त्यहॅा ।
ठूला कित्ली भरी चिया अटुट थ्यो दुध् हुन्थ्यो कुडे भरी
तेल गर्या भरि घीउ हर्पेहरूमा मोइ हुन्थ्यो ठेकी भरी ।।
गाइ गोठ र बाछा टाट्ना भरिथे घोडा तबेला माहॅा
भेडा खोर भरी र अन्न जति थ्यो धन्सारमा पालीमा ।
लामा घोगा मकै अचम्म फलने धान् फल्थ्यो मानु मुरी
सब चिज् उब्जिंदथ्यो नी गॅाउ घरमा नुन् किन्ने ठॅाउ दुरी ।।
कुम्लामा नुन तेल बोकी कपडा पारी उज्यलो घर
बस्तुभाउ र खेतीपाती र बगान बाबा हजुर्कै भर ।
खन्नु जोत्नु र रोप्नु गड्नु अनि फेर् टिप्नु र थन्क्याउनु
ढीकी कुट्नु र जॅातो पिस्नु जहिल्यै तेल पेलेर ल्याउनु ।।
खोला खोल्सा तलाउ झर्ना जति थे पानी थियो निर्मल
घॅास् दाउरा कहिल्यै अभाव नहुने हर्दम त्यॅाहा शीतल ।
किम्बू काब्रो खरी दुदीलो र समी खन्यौ निबारो टुनी
डिल माथी निगालो बॅास र पर्यागं गोपे थियो खेत् मुनी ।।
फ्याक्रे बेत घिसारी ल्याइ दरीला डोका र डाला भुने
पेचा डेली फिपी चोया खिपी खिपी थुन्से र धोबे बुने ।
फूल्थे चॅाप गुराश टॅाकी र पयौं डॅाडा र पाखा भरी
लाल्पत्ती गुरधौली आँगन भरी बास्ना दिने बाबरी ।।
फल्थ्यो ओखर लप्सी मेल अमला फन्चे कटुस् काफल
दारीम् नस्पती अनि आरूबखडा मौसम् अनुसार् फल ।
कोइली न्यौली रूपी कोकले र ढुकुर् गॅाउथे सधै बन् भरी
भ्यगुत्ताहरू ट्वार्र ट्वार्र गरथे झ्यौकीरीको मादुरी ।।
छॅाउथे गोठ भकारीले र खरले घर् छाप्ने बाव्यो कूश ।
तामा आलु मुला सिंबी र निगुरो तर्कारीमा ईस्कुस ॥
