जिन्दगी

चोटैचोटको पहाड रहेछ, बुझ्यो भने जिन्दगी
हाँसो, रोदन सङ्गम रहेछ, सोच्यो भने जिन्दगी

अन्तिम दिन पनि आउने छ, तिमी हेर्दै गर
भनेको थेँ तिमीलाई मार्‍यो भने जिन्दगी

गुलाबको फूल त केवल तिम्रै लागि मात्रै हो
झर्नु पर्छ त्यसले पनि छाड्यो भने जिन्दगी

मेरो बस्ती उजाडिँदा उफ्री-उफ्री नाचेका थ्यौ
सङ्घर्षले स्पात हुन सक्छ, खार्‍यो भने जिन्दगी

तिम्ले बुनेका शब्दजाल, मैले पनि बुझेकै हो
सात समुद्र केही हैन, तार्‍यो भने जिन्दगी

उदास-उदास थियौ तिमी म हिँड्ने बेलामा
हातमा लागेको मह मात्र हो ,चाट्यो भने जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *