ललिपप्

कुबिर शर्मा भुवानेटारे
अमेरिका

मिठ्ठो  स्वाद  घुटुक्क  मुखमा  यूवा  र  बच्चा  दुबै
लाल्चा त्यो रसको चुसेर निलने  बोकेर  चल्दा खुबै ।
बृध्दा-बृध्द र बालकै  सबको  इच्छा छ चुस्ने  खुबै
राख्दै त्यो ललिपप् सुटुक्क मुखमा मख्खै परेका सबै ।।

नेताले   ललिपप्   दिएर   जनमा  भोटै फकाए खुबै
वाधाको   भरमा   बिकाश  गरने  भ्रष्टे  ति नेता सबै ।
राष्ट्रैको  ढुकुटी  खरानि  गरने   मौका  उनैलाइ  सबै
लौ ख्वाऊ ललिपप् चुनाब अघियो मौका छ तिम्रो खुबै ।।

नारा, अन्सन, युद्ध आधि सबनै  रोकिन्छ पैसो भए
मोर्चा,पाटि बिरोध आधि सबको अन्त्य सजीलै भए ।
लड्डू त्यो  मनमा  थपेर  जनको नारा  सुखैको दिए
अन्त्यमा ललिपप्  लिएर रणमा  धोका सजीलै दिए ।।

नौलो त्यो शुरुवातको शुसपना बोकेर बाँड्दै गए
धोक्रोमा  सहजै भरेर  सपना  नेता ति पैदा  भए ।
झन्डा त्यो फररै शहीद जलँदा शन्तान एक्लै अब
नेताले ललिपप् लिएर मुखमा ताला  सजाए जब ।।

क्रान्तीमा  बलिदानको पनि कुनै  सम्मान हूँदैन त्यो
नेताको बदलिन्छ रंग निजको मौका तलास्दै त त्यो ।
मौकामा जनको  लिएर मत लौ नेता  हराऊँछ त्यो
जन्तामा ललिपप् छरेर घर लौ  नेता  बनाऊँछ त्यो ।।

प्रेमीले  ललिपप् दिएर निजको माया  जनाए कतै
प्रेमीका ललिपप् लिएर मुखमा मख्खै बनेकी कतै ।
बाबाले ललिपप् दिएर सहजै बच्चा  फकाए कतै
बैनीले ललिपप् लिएर दिनको पाठै  सिकेकी छिटै ।।

भ्रष्टेले  ललिपप्   दिएर  खबरी  चुप्पै  गरायो  सबै
न्यायामा  ललिपप्  घुसेर  सहजै  दोषी बँचेका कतै ।
राजाले   ललिपप्  दिएर सहजै  सत्ता  बडायो अझै
जन्ता त्यो ललिपप् लिएर शिरमा डोग्दै र भोग्दै कठै ।।

मौलायो  ललिपप्  बजार  कलिमा भ्रष्टे  सिपाही सबै
के खोक्रो ललिपप्  शलाम  सरमा  सेना र फौजी बरै ।
कस्तो यो ललिपप् अचम्म सबमा लाल्चा थपेको अझै
यो  पापी  ललिपप्  हजार  रुपमा  मन्छे  बिगार्दै सबै ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *