मलाई एउटा ठाउँ चाहिएको छ
मलाई एउटा ठाउँ चाहिएको छ
शिव दाहाल
केन्टकी, अमेरिका

यता गयो यतै भूमि पुत्र छन्
उता गयो उतै भूमि पुत्र छन्
म मङ्गल ग्रहबाट आएको मान्छे
खै कता जाऊँ म?
मलाई एउटा ठाउँ चाहिएको छ
कसैलाई नबिझाउने गरी बस्ने
मलाई एउटा ठाउँ चाहिएको छ
कसैलाई नदुख्ने गरी बस्ने ।
कसैले पिर नगरी दिनु है
कसैले धन्दा नमानी दिनु है
कसैको केही लिएर म जाँदिन
म त केवल धर्तीको एक यात्री !
