मानव मैना
प्रेम पान्डे
मेल्वन, अस्ट्रेलिया
एक समयको कुरा, नेपाल आमाको काखबाट
एक हुल मानव मैनाहरू भुटान आमाको काखमा पुग्छन्।
अनगिन्ती सपनाहरू मनमा साँचेर त्यहीँ बस्छन्।
समय सँगै बिस्तारै बित्दै थिए दिनहरू
लगाएका थिए अमर पिरती त्यहाँका लोकल मैनहरूसँग
गरेका थिए बाचा अटल हिमालहरू सँग कहिले नछुट्ने
सुनाएका थिए फुलहरूलाई रङ्गिन सपनाहरू
खोलाहरू सँगै प्रेमको सुमधुर गीत गाएका थिए
बाँझो धर्ती सँग वसन्तको हरियो मित लाएका थिए
भुटान देशलाई आफ्नै आमा बनाएका थिए
झरीले अझै सम्झिँदो हो
सँगै बिताएका कैयौँ साँझ अनि बिहानी
गोठालो जाँदा मैच्याङहरूसँग
जवानी साट्दा जङ्गलले गरेको निगरानी
हरपल दुख दिइरहने कालो रातको बेइमानी
घाम जून-ताराहरूले नियाल्ने गर्थे दिनचर्या
बतास सुटुक्क आइ सोघ्द थियो हालखबर
अरू चराहरू सिकाउन आउँथे त्यहाँको मातृभाषा हरबार
एक दिन भोटे नामको सामन्तवाद
सिकारीलाई यी सबै कुरा थाहा हुन्छ
र आउँछ हातमा बन्दुक लिएर मैनाहरूको बस्ती
ऊ भन्छ मैनाहरूलाई पखेटाको रङ्ग बद्लन
खोज्छ ऊ सधियौँ देखी मानी ल्याएको रित्ती रिवाज बिथोल्न
मैनाहरूको बस्तीमा चट्याङ पार्ने आदेश दिन्छ बादललाई
आबादललाईसुटुक्क आई खबर सोध्ने हावा अब आँधी बन्छ
र बोक्न थाल्छ आगोको झिल्को अनि पुर्याउँछ
मैनाहरूको गुँडगुँडमा का…प्दै का…प्दै
प्रतिकारको रूपमा मैनहरू सडकमा
नीस्कनछन् र लगाउँछन् नारा
सामन्तवाद मुर्दबाद
मुर्दबाद मुर्दबाद
मैनाहरूको नारा पछि त झन् क्रोधले भरिएका हजारौँ सिकारीहरू पस्छन् बस्तीमा
सधैँ मुस्कुराउने फूलहरू एका-एक ओइलिएर झर्न थाल्छन्
गाउन छाड्छन् खोलाहरू प्रेमको गीत
झरीले बिर्सिएपछि पुन बाँझो बन्छ
वसन्तको हरियो मीत लगाएको धर्ती
छाडिदिन्छन् हिमालहरू आँधीहुरी रोक्न
बेसाथ मैनहरू अब बिस्तारै एक्लो हुन्छन्
सक्दैन पौठाजोरी खोज्न भोका ब्वाँसाहरू सँग
अन्ततः बलीको बोका बन्न बाध्य हुन्छन् हजारौँ मैनाहरू
दिउँसै लुटिन्छ चेलीहरूको अस्मिता बिच बजारमा
र निर्णय गर्छन् मैनाहरूले पुःन नेपाल आमाको काख फर्किने!!