स्मृतिहरू

डिल्ली राम रेग्मी 
ओहायो, अमेरिका
रातको शून्यतामा
रुखको पत्तामा झरिरहेथ्यो
पानीको थोपा, तपक-तपक,
रातैभरि ती थोपाले म भित्र
तिम्रा स्मृतिका जल-तरङ्ग बजाइरह्यो।
एउटा सन्नाटाले
रातैभरि गुनगुनाइरह्यो
तिमीसँग बिताएका चिसा पलका तरङ्गहरू,
अनि
स्मृतिहरूले पुरै भरेको हृदयमा
एउटा पर्खाई मनभित्र
रातभरि सुकिरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *