मेरो चिन्ता

आफ्नो हो र समाज आज कसरी बृद्धी गरौं यो भनी भन्ने चिन्तन आज व्यप्त जगमा देखिन्न काँही पनि। ‘तिम्रो पूर्ण भलो म आज जगमा गर्दै छु आऊ’ भनी भेटिन्छन् घटना ठगेर निमुखा लुट्ने गरेका पनि।।

जस्ले बोल्छ र गर्छ काम उसरी ऊ हुन्छ मानी बरु नापिन्छन् भइ अर्ध ज्ञान तिनमा सन्काह मान्छेहरु। हेपिन्छन् किन हो समाज बिचमा सत्कार गर्ने जन मान्छे हुन्न ठुलो लिएर मनमा कप्ट्याँइ छुच्चोपन।।

सामू हुन्छ भनेर ठिक्क बनि त्यो देखाइ गर्ने मन भाग्ने त्यै जन जो हुनेछ पहिलो गर्नू परेको दिन। सेवा गर्छु भने बरक्क सँगले मान्छे बटारिन्छन चिन्ता लाग्छ मलाइ हट्छ कहिले दुर्गूण अन्धोपन।।

गर्छन् बात बनेर स्वच्छ छविका पारेर खुल्ला मन थाल्छन् सर्प भएर डस्न तिनले मौका मिलेको दिन। हुन्छन् पुज्य सँधै त निस्चल बनी सीधा अवोलाहरु धोका खान्छन हेर छट्टुहरु ती ढाँट्ने र छल्ने बरु।।

गर्छन् मान भनेर विज्ञ म भनी सर्केर बस्नेहरु जान्ने मै हुँ भनेर काम नगरी सन्केर बस्छन् बरु। त्यस्तो सङ्गतले विकास कसरी होलान सोझाहरू चिन्ता लाग्छ मलाइ आज कसरी उक्सिन्छ मान्छे अरु।।

जस्ले स्वर्थ भरी पुरै छल गरी घस्तैछ चिप्लो पन त्यो सम्मान सधैँ त जान्छ उसमा बुद्धू भए सज्जन। जस्ले गर्छ पुकार स्वच्छ मनले मानिन्छ कस्तो भन त्यस्ताको अपमान हुन्छ जगमा पच्दैन राम्रो पन।।

बोकी चुम्म गरेर बालक हुँदा पालेर सानो छँदा भड्किन्छन् किन हो वयस्क हुन गै हुर्केर ठूलो हुँदा। निन्दा जाल अनेक क्रोध मनमा पालेर बड्नू कहाँ चिन्ता लाग्छ मलाइ तुच्छ कसरी सप्रन्छ मान्छे यहाँ।।

दिन्छन् दोस अनेक काम अरुको बन्दै भएनन् भनी मान्छे काट्छ कुरा बसेर अरुको गर्दैन आफू पनि। गर्दा अर्ति यहाँ सशङ्­क जनमा विश्वास टुट्ने झन चिन्ता लाग्छ सधैँ समाज अबको गिर्दै गयो झन् झन।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *