मेरो कर्मभूमि

के.सी. सान्दाइ
साउथ अस्ट्रेलिया, एडिलेड

 

मेरो कर्मभूमि स्वर्गभन्दा पनि सुन्दर,शान्त र
विशाल छ! गोधुली साँझ अथवा बिहानीको
उषा किरण झैँ रङ्गीचङ्गी देखिने मेरो सुन्दर
देशमाथि कसैको गिद्धे नजर नपरोस्। माहा
सागरको विशाल काखमा महादेशको संज्ञा
पाएर रमाउँदै बाँच्न सिकेको मेरो कर्मभूमिले
प्राकृतिक छटा र समुद्री आँचलको घुम्टो
भित्र धेरै भाषा, धर्म, संस्कृति र परम्परा
जस्ता विषयहरूलाई संरक्षण तथा
संवर्धन गर्नलाई कहिले पनि जाती,
वर्ग,लिङ्ग र सम्प्रदाय माथि कुनै
भेदभाव नगरीकन विश्व अगाडी
ज्वलन्त उदाहरण दिनलाई सक्षम
भएको छ। यस्तै प्रकारले मेरो
देशले अझ अनेक प्रजातिका
वनस्पति र पशु-प्राणीहरूको
पनि राम्रो संरक्षण र संवर्धन
गरेर कीर्तिमान कायम गर्न
सक्षम छ । मेरो देशको
परिचय दिन योभन्दा
अरू आवश्यक छैन
भन्नेमा हामी सधैँ
विश्वासमा छौँ ।
यसै भन्ने गर्छ
यो देशको
सिद्धान्तले।
प्रेम पूर्वक नाग पासाले बाँधिए झैँ समुद्री
लहरीले सधैँ अँगालो हालेर चुम्बन
गरिरहेको पवित्र मेरो कर्मभूमिलाई
कुनै अवस्थामा पनि भुल्नै सकिँदैन
अझ भन्नु पर्दा विभिन्न प्रजाति
पुष्प बाटिकाले सु-सज्जित
भएको मेरो पुण्य भूमिमा
पर्यटकहरूको पनि ठुलो

बाहुल्यता रहिरहोस्!
विश्वले पनि यही
सुन्दर वसुन्धराको
सदैव स्मरण
गर्न कहिल्यै
नभुलोस्।
विभिन्न प्रान्तमा विभाजित भई फैलिएको
मेरो देशको विशाल मानचित्रलाई आज
विश्वले इष्टदेवका रूपमा नतमस्तक
भई हर्दम् शुद्ध मनले पाठ पूजा
गरिरहोस्! भन्नलाई हामी सारा
नागरिकहरूमा क्षमता हुन
आवश्यक छ।यस्तो पवित्र
कर्मभूमिको सान देखेर
विश्वले सधैँ इष्टदेवको
रूपमा पूजा गरेर
नतमस्तक हुनु
हाम्रो गौरबता हो ।
यो ध्रुव सत्य छ
कसैले पनि
होइन नै
भन्दैन।
यसरी पूर्वी प्रान्त न्यु साउथ वेल्सदेखि फैलँदै
पश्चिमी प्रान्त पर्थ सम्म पुगेर पाश्चात्य
सभ्यता, संस्कृति र संस्कारमा रमाउँदै
पूर्व पश्चिमको भूभागलाई संरक्षण गर्दै
उत्तर खण्डको प्रान्त कुइजलेण्डदेखि
दक्षिणी प्रान्त ताजमनियाँसम्म
विशाल रूपमा फैलिएको
मेरी वसुन्धराले आज पनि
निष्पक्ष भावना राखेर
चार जात छत्तीस
वर्णको साझा
फूलबारीको
कदर गर्दै
आएको
छ।
यसरी महासागरको गहिराईकन जुन सतह छ
त्यही सतहको समानतामा अवस्थित जुन मेरी
धरणीले अनेकौँ लिङ्ग वर्ग,जाती र अनेकौँ
सम्प्रदायहरूको भाषा, साहित्य, संस्कृति
र परम्पराको कदर गर्दै, सबै जाती, वर्ण
तथा साम्प्रदायिकहरूलाई हित हुनेगरि
मठ मन्दिर र वास्तुकला ए(मेरो कर्मभूमि)
मेरो कर्मभूमि स्वर्गभन्दा पनि सुन्दर,शान्त र
विशाल छ! गोधुली साँझ अथवा बिहानीको
उषा किरण झैँ रङ्गीचङ्गी देखिने मेरो सुन्दर
देशमाथि कसैको गिद्धे नजर नपरोस्। माहा
सागरको विशाल काखमा महादेशको संज्ञा
पाएर रमाउँदै बाँच्न सिकेको मेरो कर्मभूमिले
प्राकृतिक छटा र समुद्री आँचलको घुम्टो
भित्र धेरै भाषा, धर्म, संस्कृति र परम्परा
जस्ता विषयहरूलाई संरक्षण तथा
संवर्धन गर्नलाई कहिले पनि जाती,
वर्ग,लिङ्ग र सम्प्रदाय माथि कुनै
भेदभाव नगरीकन विश्व अगाडी
ज्वलन्त उदाहरण दिनलाई सक्षम
भएको छ। यस्तै प्रकारले मेरो
देशले अझ अनेक प्रजातिका
वनस्पति र पशु-प्राणीहरूको
पनि राम्रो संरक्षण र सम्बर्धन्
गरेर कीर्तिमान कायम गर्न
सक्षम छ । मेरो देशको
परिचय दिन योभन्दा
अरू आवश्यक छैन
भन्नेमा हामी सधैँ
विश्वासमा छौँ ।
यसै भन्ने गर्छ
यो देशको
सिद्धान्तले।

प्रेम पूर्वक नाग पासाले बाँधिए झैँ समुद्री
लहरीले सधैँ अँगालो हालेर चुम्बन
गरिरहेको पवित्र मेरो कर्मभूमिलाई
कुनै अवस्थामा पनि भुल्नै सकिँदैन
अझ भन्नु पर्दा विभिन्न प्रजाति
पुष्प बाटिकाले सु-सज्जित
भएको मेरो पुण्य भूमिमा
पर्यटकहरूको पनि ठुलो
बाहुल्यता रहिरहोस्!
विश्वले पनि यही
सुन्दर वसुन्धराको
सदैव स्मरण
गर्न कहिल्यै
नभुलोस्।

विभिन्न प्रान्तमा विभाजित भई फैलिएको
मेरो देशको विशाल मानचित्रलाई आज
विश्वले इष्टदेवका रूपमा नतमस्तक
भई हर्दम् शुद्ध मनले पाठ पूजा
गरिरहोस्! भन्नलाई हामी सारा
नागरिकहरूमा क्षमता हुन
आवश्यक छ।यस्तो पवित्र
कर्मभूमिको सान देखेर
विश्वले सधैँ इष्टदेवको
रूपमा पूजा गरेर
नतमस्तक हुनु
हाम्रो गौरबता हो ।
यो ध्रुव सत्य छ
कसैले पनि
होइन नै
भन्दैन।

यसरी पूर्वी प्रान्त न्यु साउथ वेल्सदेखि फैलँदै
पश्चिमी प्रान्त पर्थ सम्म पुगेर पाश्चात्य
सभ्यता, संस्कृति र संस्कारमा रमाउँदै
पूर्व पश्चिमको भूभागलाई संरक्षण गर्दै
उत्तर खण्डको प्रान्त कुइजलेण्डदेखि
दक्षिणी प्रान्त ताजमनियाँसम्म
विशाल रूपमा फैलिएको
मेरी वसुन्धराले आज पनि
निष्पक्ष भावना राखेर
चार जात छत्तीस
वर्णको साझा
फूलबारीको
कदर गर्दै
आएको
छ।

यसरी महासागरको गहिराईकन जुन सतह छ
त्यही सतहको समानतामा अवस्थित जुन मेरी
धरणीले अनेकौँ लिङ्ग वर्ग,जाती र अनेकौँ
सम्प्रदायहरूको भाषा, साहित्य, संस्कृति
र परम्पराको कदर गर्दै, सबै जाती, वर्ण
तथा साम्प्रदायिकहरूलाई हित हुनेगरि
मठ मन्दिर र वास्तुकला एवं राष्ट्रिय
धरोहरहरूको संरक्षण औ संवर्द्धन
गर्दै आएको। यही लक्ष्य मार्ग
भित्र आप्रवासी भुटानीहरूको
भाषा, संस्कृति र परम्पराको
संरक्षण र संवर्द्धन गर्दै
बास,गाँस र कपासको
व्यवस्था मिलाउन
पनि मेरो देशले
दिल ज्यान
दिएको छ
यसमा
दुई मत
छैन ।

मैले यहीँ मेरी धरामा आफ्ना भाव,सिद्धान्त,
आस्था र राष्ट्रिय सम्पदाहरूलाई अनवरत
रूपमा हल-लह बनाई विश्वमा परिचय
गराउनु छ।स्वच्छ झरना झैँ पवित्र मेरो
कर्मभूमिमा राष्ट्रिय धरोहर खडा
गर्नु छ।ओझेल पर्न लागेका हाम्रा
राष्ट्रिय सम्पदाहरूको संरक्षण
गर्नु छ।यसै गरी समाज भित्र
रहेका विपन्न वर्गलाई
सम्पन्न गराउँनुछ।अनि
लोप हुन लागेका
पशु-पक्षी तथा
कीट पतङ्गको
पनि उत्थान
गरेर तिनको
संरक्षण
गर्नु छ।

यही प्रशान्त महासागरले घेरिएको गोलाकार
भित्र धार्मिक, सांस्कृतिक र सामाजिक
आस्थाका प्रतीकहरू खडा गर्नु छ।यही
ठाउँमा वेसाहारा भई पछि परेका मेरा
सहयात्री नागरिक हरूको सुन्दर स्वप्ना-
लाई फुलाएर फलाउनु छ। सप्तरङ्गी
इन्द्रेणी झैँ समुद्री सतहको मध्य
भागमा हाँसिरहेको पवित्र मेरो यो
कर्मभूमिमा मातृत्वको स्नेह बटुल्दै
राष्ट्रिय चिन्ह अङ्कित झन्डा
फहराउनु छ। यिनै आदि इत्यादि
विषयहरूलाई आत्मा सात गर्दै
बहु सांस्कृतिक र बहुभाषिक-
हरूको बाहुल्यता रहेको मेरो
ऐतिहासिक कर्मभूमिमा
शिर झुकाउँदै नतमस्तक
भई सदैव विश्राम लिनु
मेरो राष्ट्रिय सिद्धान्त
हो!अन्तिमको श्वास-
प्रश्वास रहेसम्म
यही देशको सेवा
गरेर मेरो प्राणान्त
हुनेछ! जय देश
जय कर्मभूमि।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *