आमा
क्षितिज गौतम
क्यानाडा
आमा हुन साह्रै असजिलो छ
पहाड जस्तो
उचाइमा पुगेर मैदान भइदिनुपर्ने
मैदानमा पुगेर उकालो भइदिनुपर्ने
सन्तानहरू कहाँ पुग्छन्
खोलाहरू जस्तो
सपनाहरू कहाँ पुग्छन्
स्वच्छन्द चराहरू जस्तो
आमाहरू पहाड छेउको चौतारी हुन् अभिशप्त छन्
आमा हुन अप्ठेरो छ
आमा पहाड हुन जस्तै गारो छ।