प्रकृतिको अनुपम

भानु ढुङ्गाना
क्यानाडा

छ उत्सर्ग-गर्दै नयाँ पालुवाले
छ भर्दै अँगालो कुना कन्दराले।
भए बोट भारी फले वृक्ष लाख
सबै उर्वराको छ यो भौम काख।

छ उद्बोध गर्दै मुना सिर्जनाले
कसेको छ छाती तरूका तुनाले।
पुराना नयाँ छन् दिने वृक्ष क्रान्ति
सफल्ता उचाली दिए सृष्टि शान्ति

चराएर गाई सँगै रम्न भ्याई
बगैँचा लतामा छ शोभा बढाई।
अनेका अनेकौँ चरा चिर्विराई
फुले फूल सारा उमंगादि ल्याई।

खुसी लोक-लाई दिने कुञ्ज काव्य
लिनू ज्ञान सारा छ यो विश्व भव्य।
कतै लाल लाखौँ हजारौँ फुले फूल
सँगै श्वेत लाखौँ भयो दिव्य को मूल

कतै लाल सारा छ संसार राम्रो
पहेंलो सुनौलो मनै जित्छ हाम्रो !
नदी ताल झर्ना सुरम्यादि धारा
छ हामी-सँगै यो बगे शुद्ध सारा

हराई नजाऔँ कलाकार बन्ने
छ हो ज्ञान ऊर्जा लिनू पर्छ भन्ने
भनें लौ सबैमा छ भाषा पियारो
नराखौँ अशिक्षा लगाई तगारो ।

 

छन्द ÷भुजङ्गप्रयात

Leave a Reply

Your email address will not be published. Required fields are marked *