भेटिएन

दिपेन ढुङ्गाना
अमेरिका
यसो वन पाखा डुलि हेरेँ भेटिन
सहर बजार छापा मारेँ भेटिएन
भानुदेखि सानुसम्मका हेरेँ भेटिएन
थिए,छन् धेरै राम्राहरू छन्
तर
अलि नसुनिएका,नदेखिएका,नपढिएको अहँ..भेटिएन
एक नसुनिएको गतिलो कथा,कहानी,कविता,गजल जे भए नि
थपक्क पिटेर
मेरो आफ्नै हो है भनेर सुनाउनु पर्‍यो भनेको
भेटिएन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *