सूचना : २१३औँ भानुजयन्ती विशेष अनलाइन कार्यक्रम
मिति ७/५/२०२६
सूचना
२१३औँ भानुजयन्ती विशेष अनलाइन कार्यक्रम
साहित्य परिषद् भूटानले यस वर्ष २१३औँ भानुजयन्ती को अवसरमा अनलाइन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
मिति: १२ जुलाई २०२६ (आइतबार)
समय: बिहान ८:०० बजेदेखि ९:३० बजेसम्म
उक्त कार्यक्रममा निम्न कार्यक्रमहरू समावेश गरिनेछन्:
- आदिकवि भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथि परिचर्चा
- रामायण वाचन
- रचनावाचन (कविता, गजल)
कविता वा गजल वाचन गर्न इच्छुक लेखकहरूलाई आफ्नो रचना परिषद्को निम्न ठेगानामा समयमै पठाइदिन हार्दिक अनुरोध गरिन्छ।
रामायण वाचन गर्न इच्छुक व्यक्तिहरूले पनि आफ्नो नाम अग्रिम रूपमा दर्ता गराइदिनुहुन अनुरोध छ। यदि इच्छुक व्यक्तिहरूको संख्या बढी भएमा पहिले दर्ता गर्ने ५ जनालाई मात्र वाचनको अवसर प्रदान गरिनेछ। रामायण विभिन्न लयमा वाचन गरिने भएकाले ती मौलिक लयहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम समावेश गरिएको हो।
सहभागिताका लागि सम्पर्क तथा रचना पठाउने ठेगाना
email: editor.bhutaneseliterature@gmail.com
साहित्य परिषद् भूटान

