न्याउरी मुसाहरू

नारदप्रसाद आचार्य ‘सुदामा’
पेन्सिलभेनिया, अमेरिका

मुख्य मडण्लमा
ओढेर मखुण्डो कालो मेघ मालाको
देशका तीर्थ धामहरूको
शिरको टोपी काटेछ
शरीरको दौरा सुरुवाल काटेछ
नारी समाजका धुरी कैलीहरूको
फूल माला भित्रको धागो जस्तै बनेर
फरियाको जुइनु काटेछ
धोतीको फुर्को काटेछ
चौबन्दीको तुनु काटेछ
लौरो जस्तै कुर्कुच्चोमा उड़ान भरेर
गाउँका काशी-बाहरूको
डोको-नाम्लो, डालो-नाङ्गो काटेछ
कविहरूको
अनुपम उपहार
कलमको निपलाई निहत्था पारेर
अजम्मरी अक्षरहरूको पहाड
क्षत विक्षत परेर काटेछ
आमाको न्यानो काँखमा सुरक्षित
ॐ शब्द काटेछ!!!
सुइँको नोक जस्तै थुतुनाको साम्राज्यले
हिमाल जस्तै गहिरो
आकाश जस्तै फराकिलो
सागर जस्तै पवित्र
मानव सभ्यतामाथि हृदय भेदी बनेको छन्॥
उद्दण्ड न्याउरी-मुसा-हरू॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *