एक बौद्धिक व्यक्ति

जय हुमगाइँ 
क्यानाडा
एक बौद्धिक व्यक्ति
बहुमूल्य रूबी त्यो मानिस चुम्छ
जो मानिस अरूको कदर गर्छ
सफल व्यक्ति त्यो मानिस कहन्छ
अरूको मनमा जो पस्न सक्छ॥

पढेर मात्र को ज्ञानी हुन्छ?
निःस्वार्थ सेवा जब त्यो भुल्छ
निखार्न सुन झन् पोल्नु पर्छ
प्रेमले सबको मन जित्नु पर्छ॥

फुलेको फुलमा सुन्दरता जुन छ
सद्गुणमा उस्तै सम्मान मिल्छ
ज्ञानी मानिस सधैँ शान्त रहन्छ
चेतनाको शीतल छहारी दिन्छ॥

फलेका हाँगा जमिनतिर झुक्छ
जमिन नै आफ्नो वृत्तान्त मान्छ
न राख्छ भेदभाव न रिस राग
सृष्टिको रचना सबै उस्तै ठान्छ।

अक्कल राखी काम पूर्ण गर्छ
लिँदैन चिन्ता बरु मरी मेट्छ
बौद्धिक शक्तिको बीज रोपन गर्छ
असल व्यक्ति अरू पैदा गर्छ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *