हाम्रो स्वाभिमान

भानु ढुङ्गाना
क्यानाडा

 

यो समस्या समाधान, भाषा साहित्य सिर्जना
हराएर गयो शिक्षा, लिनु पर्दछ तिर्सना।
विना-ज्ञान बसेका छौँ हामी बाटै छ मेटिँदै
कला शिल्प बिना ऊर्जा हाम्रो गाथा छ रेटिँदै।।

यो समस्या समाधान, गर्नुपर्दछ सज्जन
राखौँ लौ मनमा नित्य अस्तित्व निज चिन्तन
ज्ञान वृक्ष सधैँ भाषा हाम्रो गौरव उन्नति
नेपाली मन हो हाम्रो भाषा साहित्य सन्तति ।

शिक्षा हो गहना भाषा ज्ञान प्राप्त गराउने
भाषाको महिमा छोडे हुन्छ ज्ञान हराउने।
रम्नेछन् सपना हाम्रा चित्त चङ्गा उदाउँदै
वसन्त गृष्मको डाली सम्झ भाषा रमाउँदै।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *