पहिचान
केदार सापकोटा
अल्बेरी, अष्ट्रेलिया
मेरा पूवजको छ मान्न वडिया गोरखालिको नामले
रह्यो कीर्ति सधै अमोल जगमा साहासिको कामले।
त्यस्ता पूवर्जका धरोहर सधै भत्काई फाले पछी
आफ्नै गौरवमा कठोर मनले भाला धसारे पछी।।
रूने छन ति अबोध संततिहरू आमा र बाबा भनी
बाटो त्यो हिम गीरिको टुलु-टुलू हेर्छन अनाथ झैं बनी।
आँखामा नबिझाउँने मन थियो संकार वन्थ्यो दियो
साझा काख पनी उनै जननिको श्वर्गै समानको थियो।।
दाजु-भाई र मीत्र सज्जन महाँ संमान ठूलो थियो
क्षेत्री ब्राह्मण, वैश्य सूद्र सबमा सद्रभावना झनथियो।
पालो पर्म गरी किसान हरूले खेती लगाऊँ दथे
छीमेकी सब साथि भाईहरूमा रम्थे र माऊँ दथे।।
झ्याली, मादल, डम्फु, ढोल डमरू, टुङ्ना वजाऊँदथे
आ-आफ्ना कुलको रिती थिति सबै मीली मनाऊँदथे।
सारा सुख र दु:ख आपसमहाँ साटी वसेका थिए
भाषा संकृतिका विधाहरू सबै आफ्नै नजर्मा थिए।।
शार्दूलविक्रीडित छन्द