मधु घिमिरे
अमेरिका
आफन्त पैसा सुख शान्ति पैसा
माया र साथी सुविधा नि पैसा
विद्या र पेशा सब चीज पैसा
रित्तो छ खल्ती तर खोज्छ पैसा ।१।
पेट्रोल आगो बिजुली र पानी
वस्त्रादि नौला सजिलो सिरानी
कुर्सी तथा टेवल हुन् कि शोफा
पैसा बिना किन्चित छैन शोभा ।२।
होस् झोपडी वा दरबार भव्य
बन्दैन पार्टी अझ सभ्य सभ्य
कुर्सी मुनी लुक्दछ फेरि पैसा
झोले र चम्चेसँग रम्छ पैसा।३।
आवास गाडी गहना विचित्र
साडी र राडी अझ कोट भित्र
झल्कन्छ पैसाझलमल्ल नित्य
पैसा बिना जीवन छैन धन्य।४।
छन्द-इन्द्रवज्रा
You might also like
राधा काफ्ले क्यानडा पैसा तेरो नाम अरे ठुला, बडा लम्पसार परे छाडिनस् त ज्ञानी पनि लगिस् सबको मनै हरि !!! लठुवारे देखि सरोकारे सम्मै बटुवारे देखि मन्दिरे जम्मै बाध्य भयो सब तेरो दास बन्नै बनाईस जति छन् तेरो बसमा मग्नै लोभ्याउन, भड्काउन,फसाउन तँ भ्याँउछस् न जानुन् कसैले यी गुँणहरू लुकाँउछस्…
कर्ण गुरुङ्ग् नेब्रास्का, अमेरिका प्रिये! तिमी साँच्चै माया गर्छौ भने केवल मान्छेसँग माया लगाऊ ! धनसँग लगाएको माया धन सकिँदा धनसँगै सकिन्छ ! अनुहारसँग लगाएको माया रूप झर्दा-झर्दै सकिन्छ विदेशसँग लगाएको माया विदेश पुगे पछि मेटिन्छ ! प्रिये ! मेरो अनुरोध स्विकार तिमी मान्छेसँग माया लगाऊ त्यो सधैँ टिक्नेछ आज…
नील अधिकारी ओहायो, अमेरिका हिउँ परेर भखरै बिसाएको छ, तर धर्तीमा भने मोतीको फसल उठाएर बिस्कुन फिँजाएको जस्तो देखिन्छ। हिजो अस्तिदेखि परेको हिउँले साम्राज्य जमाएको छ। अनुमानित एक फिटजति पानीको सेतो पिठो पार्किङतिर पस्ने ड्राइभह्वेम थुप्रिएकाले बाटो कहाँ छ, पार्किङ कहाँ छ केही थाहा नहुने ! पाँच बजेको अलार्म बज्नेबित्तिकै…