पेनपल

सुदर्शन पोखरेल
डेनमार्क

धेरै अघि त होइन
तर प्रविधिको विकास
आजको जस्तो विराट
फैलावट अघि
धेरै सामु पुगेको थियो
अपरिचितबाट परिचित
हुलाकी मार्फत

पेनपल
सम्बन्ध विकास गराउन
आजको फेसबुक जस्तै
सामान्य बाट सुरु भई
सान्निध्य सम्म
साथीबाट जीवन साथी सम्म
उक्लेका सम्बन्धहरू
देख्दा देख्दै
हेर्दा हेर्दै

एक बिहानै हुलाकी दाइ
एउटा चिठी देखाउँदै
नजिकै दाइको परेछ
उनी सेक्टर र हट नम्बर सोध्दै
मेरा सामु
देखाउँदै टिमाई क्याम्पको ठेगाना
मेरो गोलधाप क्याम्पको
उही ठेगानामा
आएछ
उनीहरू विपरीत लिङ्गी
त्यसपछि
चिठी आदान प्रदानको सिलसिला
केही समय
विवाहको निम्तो घरमा
आएछ
यसो हेरेको
उहीसँग

जो
हुलाकीले
त्यति गाडा थिए हिजोका
सम्बन्ध
समय त फर्किन्न
मिठो फलको स्वाद
जिब्रोमा टाँसिए झैँ
सम्झना गाडा
तर समय बदलियो आज
बर्षौसम्म फेसबुकमा
साथी रहन्छ
काटे फेरी जोड्न चाहन्छ
तर आज सम्म एउटा
सन्देश छोडेन
न दुख सुख सोध्ने फुर्सद
म भने
पुरानो यादमा
हराई रहेको
हराई रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *