प्रकृति बिगार्ने मान्छेहरू
इन्द्र प्रकास खवास
अमेरिका
पिरै पिर छ जीवनमा
शान्ति कता पाउँ ?
कालो बादल मडारिएको छ संसार भरि
पानी खोज्न कता जाऊँ ।जताततै बाढी पहिरो आउँछ
सहायता कसलाई बोलाऊँ ।
कसैलाई छैन सुख शान्ति
खोला खोज्दै कहाँ जाऊँ ।चारै तिर भुमरी आउँछ
घर जमिन भत्काई लग्यो ।
बास कहाँ अब पाऊँ
आफ्नो छैन कोही पनि एकलै कहाँ जाऊँ ।
शान्ति कता पाउँ ?
कालो बादल मडारिएको छ संसार भरि
पानी खोज्न कता जाऊँ ।जताततै बाढी पहिरो आउँछ
सहायता कसलाई बोलाऊँ ।
कसैलाई छैन सुख शान्ति
खोला खोज्दै कहाँ जाऊँ ।चारै तिर भुमरी आउँछ
घर जमिन भत्काई लग्यो ।
बास कहाँ अब पाऊँ
आफ्नो छैन कोही पनि एकलै कहाँ जाऊँ ।
वन जङ्गल नास भयो
कसलाई भन्न अब जाऊँ
सबै संसार हामीले बिगार्यौँ
शान्ति खोज्दा कहाँ पाऊँ ।
