प्रेम
टेक भण्डारी
एडिलेड, साउथ अस्ट्रेलिय
यो
कस्तो
जादु झैँ
तिम्रो माया।
च म त्का रि क
सम्मोहित पार्ने।
जुनको चमकले
धर्ती मुस्कुराए जस्तै
तिम्रो जादु गरी मायाले
बन्यो जिन्दगानी स्वर्ग जस्तो।
हराभरा भयो जिन्दगी
हाम्रो निश्चल प्रेम हेर्दै
दुनियाँ झस्किन थाल्यो
जल्न थाल्यो लोक
साँच्चै यो प्रेम
हुनु पर्छ
स्वर्गीय
सु ख
झैँ।
