रोम्बास कविता- फूल
टेक भण्डारी
एडिलेड, साउथ अस्ट्रेलिया
“फूल”
यो
शान्त
ध र्ती मा
जन्मिएँ म
फूल भएर।
यहाँ चुपचाप
आँखा बन्द गरेर
नाच्नुपर्छ छमछमी
दिनहुँ रङ्गशालाभित्र
सजिनु पर्छ प्रदर्शनमा।
न छ प्रेम न छ सद्भाव
विद्रोह गर्न सक्दिन
आवाज विहीन म
सर्वस्व पोखेर
हरेक दिन
बाँचेको छु
ए उ टा
फू ल
म।