रुखको प्रश्न

पुष्प ढकाल
पेन्सिलभेनिया, अमेरिका

 

रुख र म
एक आपसमा
प्रश्न
शायद म रुखको
मुनी
रुख पनि आफ्नै
सुस्तरी हावासँग रमाउँछ
म पनि रुखको नजिक उभिए
अनि
जिज्ञासा राखेँ
प्रश्न सोधेँ
ए…रुख दाइ
तिमी अग्लो
म होचो किन होला
रुखले मुस्काउँदै भन्यो
तँलाई थाहा छैन ….भाइ
म प्रकृति, रुख हो
मसँग अक्सिजन छ
शीतल छाया सबैलाई दिन्छु
आनन्द र जिन्दगी
चराचुरुङ्गीहरू मेरोमा बास बस्छन्
अनि गुँड बनाउँछन् र रमाउँछन्
तर मलाई नै अक्सिजन भनेर
हाँगा र पात र बोट काट्छन्
मौसम बदलिएर मेरा पातहरू बदलिन्छन्
शरद ऋतुको बेला म पहेलाे हुन्छु
वसन्त ऋतु आउँछ म हरियो बन्छु
म रुख भए तिमी मान्छे
मलाई नै वृक्षारोपण गर है ।
म तिमीलाई बाच्ने अक्सिजन दिन्छु ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *