धमाधम
नारद तिम्सिना नाति
अमेरिका
अमेरिका
औँलो दिँदा नि डुँडुलो निलने सरीको
लाग्दै छ एक शुभ चिन्तक वा हुने हो
अर्को नि देखिन रमाइ रहेछ सानु
लौ भानुका किरणले सजिएछ मानौँ
पल्केछ क्या कि किन हो ? कविका प्रभामा
पाएर सङ्गत उनै रविका सामान
ल्याएछ आशा अभिलाष सुसाथ साथ
फुर्दो छ एक अरू एक अनेकताक
लागेछ बौरिन निराश थियो उदास
मौलाउने छ कि कसो कि त सुप्त आस
झुल्की झुलुक्क छिरि द्योत बनेर मेघ
घुम्टो झिकेछ कि उठेर समीर वेग
न्युरेर अङ्कुर धुलै धुलिई दबेको
लागेर छोपिन प्रभात मलीनताथ्यो
भानो विहानितिर श्रेय छरी रहेछन्
जागा गरेछ जसले सपना सजेछन् ।
आकाश वाणि जब भानुकनै भएथ्यो
भुलभुल गरेछ तकिया रवि रागले त्यो
वाचन सुनेर रसिलो रचना अघिल्लो
नाच्यो कलम मन फुरुक्क पुलुक्क भैगो
फुरेछ सर प्रतिभा रविकै सामान
झुल्कोसँगै सलल सिर चिसा पसीना
पार्यो जुरुङ्ग जुरुगुर्र सिरिङ्ग अङ्ग
टिप्यो टपक्क कर लेखनीमा धमाधम ।