प्रेस विज्ञप्ति (दोस्रो )

साहित्य परिषद्, भूटान
मिति: मितिः २०२५ अक्टोबर २९

“सुकरा” गीत–सङ्गीत सृजना पुरस्कार–२०२५का लागि तीन कलाकारहरूको छनोट

प्रत्येक तीन वर्षमा प्रदान गरिने सर्जक तथा सङ्गीतकर्मी मनोज राईद्वारा स्थापित र प्रायोजित “सुकरा” गीत–सङ्गीत सृजना पुरस्कारका लागि यस वर्षका तीन उत्कृष्ट कलाकारहरू चयन भएका छन्।

यसअन्तर्गत —

  • रचना (गीत लेखन) तर्फ: श्री गोविन्द हुँमागाईं,
  • सङ्गीत (सङ्गीत संयोजन/निर्माण) तर्फ: श्री अम्बर तुम्बापो,
  • गायन (स्वर प्रस्तुति) तर्फ: श्री छवि न्यौपाने चयन हुनुभएको छ।
  • साहित्य परिषद्, भूटानले सो प्रतिष्ठित पुरस्कारका लागि चयन हुनुभएका तिनै कलाकारहरूलाई हार्दिक बधाई तथा निरन्तर सृजनात्मक यात्राका लागि शुभकामना व्यक्त गर्दछ।

परिषद्को पुरस्कार सम्बन्धी कार्यविधिअनुसार, गीत, सङ्गीत र गायन क्षेत्रका विज्ञहरू सम्मिलित त्रिसदस्यीय मूल्याङ्कन समिति गठन गरिएको थियो। समितिलाई मूल्याङ्कनका लागि कलाकारहरूले प्रस्तुत गरेका गीत, एल्बम, सिडी, र भिडियो सामग्रीहरू उपलब्ध गराइएको थियो। उपलब्ध सामग्रीहरूको सूक्ष्म समीक्षा एवं मूल्याङ्कनपछि समितिले सिफारिस गरेको नामहरूको आधारमा परिषद्ले सो निर्णय गरेको हो।

उक्त “सुकरा” गीत–सङ्गीत सृजना पुरस्कार आगामी नोभेम्बर ८, २०२५ का दिन ह्यारिसबर्ग, पेन्सिल्भेनियामा आयोजना हुने साहित्य परिषद्, भूटान ११औँ सम्मेलनका अवसरमा प्रदान गरिनेछ। कार्यक्रममा चयनित कलाकारहरूलाई प्रोत्साहन–पत्र र नगद पुरस्कार सहित सम्मान गरिनेछ।

पुरस्कार परिचयः सुकरा गीतसङ्गीत सृजना पुरस्कार हो ।  गीत सृजना,गायन र सङ्गीत कलामा  पोख्त तीन जनालाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक दुई वर्षमा अर्पण गरिनेछ । समाजसेवी एवं गायक साहित्य परिषद्,भूटानका निवर्तमान सांस्कृतिक सचिव समेत रहेका मनोज राईको  परिवारबाट स्थापित उक्त पुरस्कारको राशि १५०३ अमेरिकी डलर रहेको छ । र यो पुरस्कार परिषद्को आगामी नोभेम्बर ८,२०२५ का दिन पेन्सेलभिन्याको राजधानी ह्यारिस्वर्गमा आयोजना हुने ११औँ सम्मेलनमा ससम्मान अर्पण गरिनेछ ।

सचिव

खेम रिजाल
साहित्य परिषद्,भूटान
मितिः मितिः २०२५ अक्टोबर २९

Leave a Reply

Your email address will not be published. Required fields are marked *