स्वार्थी दसैँ

त्रिविक्रम न्यौपाने
पेन्सिलभेनिया अमेरिका

आमा
जन्म दियौ
धन्य छ ।
तर
किन
आवाज दिएर पनि
बोल्न नसक्ने बनायौ ।
र पनि
खुसी खोजी रहेको छु
भेटेको खाएको छु
दिएको पिएको छु।
तर पनि
आमा
मलाई मारिँदै छ
नबुझेको कुरो
हिजो सानो छदा
बोलूँ या नबोलूँ
निस्वार्थ माया गरिरहे
म पनि
मेरो जन्ममा गर्व
आहा मेरो जन्म ।
तर
आज
आज अचानक
मेरो भागमा सामेल हुन
आव्हान भएको छ
विनाशकारी पानी उम्लिरहेको छ
सबैमा हर्ष-उल्लास देख्छु
तर
म बिचरा….
आमा
दुर्गा माता
अब मलाई मार्छन्
किनकि
मानव रूपले
मांसाहारी रूप धारण गरी
हत्या
हिंसा
अनि
रगतसँग रमाउने पर्व
दसैँ आएको छ ।।

One Reply to “स्वार्थी दसैँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *