६ महिनाको मौन याद
वर्षा भण्डारी
अष्ट्रलिया
अष्ट्रलिया
आमा, अब त
६ महिना भयो घर छोडेको,
मन त हरेक साँझ त्यहीँ फर्कन्छ।
आमाको अँगालो, बाको चुप्पी,
र भाइको त्यो लड्ने-झगड्ने नाटक
सबै कुरा आजकल सपना जस्तो लाग्छ।
नुनिलो आँसु लुकाउँछु हाँसोमा,
किनकि यहाँ रोइ दिएर कसले बुझ्छ र?
पिडा कसले पो देख्छ र?
तर हरेस खाएको छैन
किनभने सपना छ…
र त्यो सपनामा आमाको माया, बाको विश्वास,
र भाइको त्यो सधैंभरिको साथ पनि छ।
हो आमा,
म फर्किन्छु… तर अधूरो होइन।
पूरा भएर
तपाईँहरूको लागि।
तपाईँहरूको लागि।
अहिले भने, यो यात्रा बिर्सन नसकिने छ,
तर म फर्किनु पर्छ, एक दिन।
उनीहरूको हाँसो, तिनीहरूको प्यारो हुन,
यी सबैको लागि म बाँचिरहेको छु।
छोरी भएर, एक सबल र अब्बल नारी भएर!!!
