सुस्त सुन-बारुलो र जाँगरिलो माहुरी
सुस्त सुन-बारुलो र जाँगरिलो माहुरी
भानु ढुङ्गाना
विन्सर, क्यानाडा

जीवनमा देखे भोगेका साधारण दृश्य र अनुभवबाट पनि हामीले ठूला पाठ पढन,सिक्न सक्छौं। धेरै कुरा जान्न-बुझ्न सक्ने रहेछौँ।हामीलाई यहाँ पढ्नका लागी पाठशालै पाठशालाहरुछन्।हेर्ने,सोच्ने क्षमता यस्तै पाठशालाबाट ग्रहण गर्न पाईन्छ। आज म आफ्नै भनिएको करेसाबारीलाई पाठशाला मानेर यसरी आउँदैछु।यो पनि एउटा अवसरनै हो भन्ने म भन्ठान्दछु।
कहिलेकाहीँ बगैंचामा देखिएको एउटा किटले, एउटा मौन क्षणले, वा कुनै अप्रत्याशित दृश्यअवलोकनले हामीलाई जीवनका गहिरा मूल्यहरू सम्झाइदिन सक्ने रहेछन् । यस्तै एउटा अनुभवबाट मैले माहुरी र सुन बारुलोबीचको अन्तर बुझेँ, र एउटा महत्वपूर्ण सन्देश पनि पाएँ।
कम्पनिबाट जागिरको भ्याकेसन वेतनसँगै एक हप्तासम्म बिदा बसेको समय थियो ।यो अवसरमा बरेसाबारी सफा गर्ने क्रममा हिजो मैले एकजोर पुरानो जुत्ता भेट्टाएँ। त्यस भित्र सुन झैँ टल्किने, चम्किला रङ्गका पाँच-सात वटा किट सुनबारुला थिए कटि छिनेका ।दिनको करिब चार बजेको समय हुनुपर्छ। म एकछिन् अलि झस्किदै हेर्छु कारण यिनिहरुले बाल्यकालमा तिखोगरी चिलेको अझै सम्झना आउँछ। तिनीहरू त्यहीँ बसेका थिए।एकछिन् टकलागेर हेरिरहेँ।त्यसपछि मैलेआजलाई हुन्दिउँहोलाभनेर यसै छोडिदिने निर्णय लिएँ।आजलाई छोडिदिएँ भन्दै उक्त कार्यलाई त्यही छोडेर करेसाबारीको अर्को भाग सरेँ।
आज म फेरि त्यही ठाउँमा पुगेको छु।हिजोको -रहेको कसिङ्गर सफा गर्न र जिज्ञासालाई मेटाउन- बारुलाको गतिचाल बुझ्नलाई।जब बिहानको साढे दस बजिसकेको थियो। तैपनि सुन -बारुला अझै पनि त्यहीँ थिए। अचल, मौन र निष्क्रिय। न त उनीहरू भुँ.. गर्दै उडे, न त जाग्रत भए। म एकछिन् अडिएर सोच्न थालेँ — यिनीहरू यति अल्छे किन ?
त्यसैबेला मेरो मनमा अर्को किटको आद आयो — माहुरी।
माहुरी बिहानैदेखि काममा लाग्छ। फूल–फूलमा पुगेर पराग सङ्कलन गर्छ, मह बनाउँछ, अरू जीवको परागणमा मद्दत गर्छ। ऊ सामाजिक, जाँगरिलो र उपकारी छ। उसको हरेक क्रियाकलाप अरूका लागि उपयोगी हुन्छ।
तर सुन बारुलो ? म ती दुईलाई एकसाथ तुलना गर्छु । ऊ आफूसँग मात्र व्यस्त छ। कुनै योगदान छैन, कुनै उदेश्य छैन — बस अल्छेपनमै बितेको जीवन। थोरै रुपमा रम्रिएको तर सीप प्राय निमकहराम।
हेरौँ त हुने वृक्षमा अङ्कुरण हुन्छ। न त यिनिहरुका चाकोमा उनिहरुका छोरा छोरीनै छन् न त आफैँलाई जाँगरमा बँचाएकै देखिन्छन्।बिहानी नै दिनको संकेत हो भने झै भयो। काम छैन बारुला बिहानको साढेसद सम्म पनि रित्तो खोस्रो चाकोमा न त मस्त निकम्मा बारुला देखेर मैले आज जुत्ताभित्रबाट निकालेर मिल्क्याई दिएँ
अब यहाँबाट एउटा सन्देश प्रवाह गर्न मनलाग्यो मलाई-
हामी पनि प्रायः दुई बाटोको बीचमा उभिन्छौं —
• एउटा बाटो माहुरीको जस्तो हो, जहाँ श्रम, प्रयत्न, र उपकारको भावना छ।
• अर्को सुन -बारुलोको जस्तो हो, जहाँ मौनता, सुस्तता र उद्देश्यहीनता मात्र छ।अर्को पाटो केही गरिहालेपनि मनै ठूलो, मेरै राम्रो र आफैँलाई भलाद्मी ठान्ने प्रवृत्तिलाई अगाध गर्नेगर्छौँ।तर यो सबै घमन्ड हो,आडम्बर हो।हुनुपर्ने मानिसमा माहुरीको गुण।
• हामी कुन बाटो रोज्ने ?
जीवनलाई सार्थक बनाउन माहुरीजस्तै श्रमशील, जिम्मेवार र सामाजिक बन्नुपर्छ। केवल बाँच्नु मात्रै पर्याप्त छैन — केही योगदान गर्नु, अरूका लागि उपयोगी हुनु, आफ्नो क्षमताको भरपुर उपयोग गर्नु आवश्यक छ।
सुन- बारुलाको सुस्तता हामीलाई केहीबेर आराम गर्न सिको दिन सक्छ। तर, दीर्घकालीन लक्ष्यका लागि माहुरीको जस्तो जाँगर, कर्तव्यबोध र उपकारको भावना हुनु अनिवार्य छ।
हामी सबैले आफ्नो जीवनलाई माहुरीझैँ सक्रिय, उपयोगी र प्रेरणादायी बनाउन प्रयास गरौँ।
कर्तव्यबोध,श्रमको सम्मान,समयको सदुपयोग
प्रकृतिप्रति संवेदनशीलता अपनत्व अपनाउन सिकौँ।
