परेलीको आँसु 

तुला विष्ट
अस्ट्रेलिया
दुखेर मुटु नरुने को छ र
परेलीले आँसु थामिएको कहाँ छ र॥
विना माया चल्दैन संसार नभन्ने को छ र
त्यै मायाको वियोगमा नरुने को छ र ॥
लाएर माया खुसी नहुने संसारमा को छ र
छुटेर माया दुःखी नहुने यो धर्तीमा को छ र ॥
फूल फुलेर नरङ्गिने बगैँचा कस्तो होला
फूल टिपेर शिर सजाउने मन कसको नहोला ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *