त्रिधरा – कृति परिचय

खेम खनालकृत ‘त्रिधरा’ विभिन्न छन्दका कविताहरूको सङ्कलन हो । यस सङ्ग्रहमा ४५ वटा कविता समावेश गरिएका छन् ।

कवि खेमद्वारा पन्ध्र वटा जति छन्दमा कविता लेखिएको पाइन्छ। तिनमा अनुष्टुप्, शार्दूलविक्रीडित, वसन्ततिलका, तोटक, उपजाति, इन्द्रवज्रा, भुजङ्गप्रयात , वियोगिनी,दिक्पाल, पञ्च चामर,मालिनी , द्रुत विलम्बित , स्रग्विणी , शालिनी, सुन्दरी जस्ता छन्दमा पर्छन् । कवि खेमको कलम देश प्रेम, प्रकृतिको वन्दना, माया, प्रेम , समाज, सम्बन्ध, र चाड पर्वका विषयमा घुम्छन् ।प्रभु चिन्तन देखि वाज्ञानीक युग सम्मका यी कविताहरू मध्ये धेरैजसो लेखन शार्दूलविक्रीडित, इन्द्रवज्रा, र अनुष्टुप् छन्दमा रचिएका पाइन्छन् ।

अमेरिका निवासी खनालको पुस्तक त्रिवेणी नेपाली साहित्य संसारले २०७७ मा प्रकाशन गरेको हो । यस सङ्ग्रहभरि त्रिधरा शीर्षकको कुनै कविता छैन । कविले प्रस्तुत गर्न चाहेको त्रिधरा वाक्य केही बिम्बात्मक, केही प्रतिकात्मक रूपमा उभ्याएको पाइन्छ । कवि खनालले आफू जन्मिएको देश, शरणागत देश, हाल कर्म गरी रहेको देश गरी तिन देशीय माटोलाई त्रिधरा नामले समेट्न खोजेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *