अजिब अनुभूति
अनन्त आचार्य
अस्ट्रलिया
“अहा ऽ हिमालले गीत गाइरहेको देखेँ l रश्मिका विन्दुहरूलाई – सूर्यले चुम्बन गरे पछि झार पातहरू आङ तन्काउदै लामो सुस्केरा तानिरहेका छन् l कन्दराबाट खुसी च्याउ छ l न्याउलीको नृत्य हेर्न पुगेँ l झर्ना खुसीले गद गद भएर शुद्ध हृदयकाश एवं वैभवताको सम्पदामा रमाउछl बाटिकाहरू अस्तित्वमै रहेको देख्छुl धर्तीले मलाई आफ्नो वक्छस्तल्मा टाँसिन् l मैले त्यहाँ बात्स्ल्यता पाऍl भविष्यको मानचित्र कोरिएको देखेंl काश ! अतीत जुरमुराएर आयो, तछोड – मछोड गरेर अगि बढ्दै गयो l यो सब मृगतृष्णा रहेछ, आफूलाई सम्हाल्ने कोसिस गरेँ तर……खोइ सम्हाल्न सकिन l मेरो बहु पासबाट मन भित्रको साथी निस्कियो l माटो रगतले भिजेको देखेँ, रगतका पाइला भेटेँ, उफ् निधारबाट पसिना पुस्तै काँडाले कोरेको रगताम्य तन लिएर हिँड्दै म एउटा गुफामा पुगेँ l वाग्ले मानव शरीर लुछिरहेको पाएँ l गिद्धका आँखा भेटेंl मन अमिलो भयो,भित्र कता कता दुख्यो, आलो घाउमा चुक लगाए जस्तै l म एकोहोरो गन्तव्य विहीन यत्रा गरिरहेको छु l वर्षा ऋतु, आकाशमा बादल मडारिरहेको छ l एक – एक छिनमा बिजुली चम्कन्छ , मेघ गर्जन्छ l सिमसिम पानी परिरहेको छ l तुसारो जता ततै झरिरहेको छ l ” म निद्राबाट बिउँझेँ l उफ्…….. आज मैले कस्तो सपना देखेँ ? कतै हाँसो कतै आँसु l “सुक सुक” मैले कोही रोहेको आवाज सुनेँ अनि तातो केही तरल पदार्थले मेरो शरीरको मंसपेसीमा स्पर्श गर्यो l मैले आँखा मिच्दै दाहिने पट्टी बिस्तारै फर्केर हेरेँ – कालो रङ्गको पुरानो कोट लगाएको प्रौढ , मेरै छेउमा घोप्टो परेर कठै.. रोहिरहेको रहेछ l मेरो मनमा चिसो पस्यो l मैले देब्रे हातमा बाधेको घडी हेरेँ l ठिक बिहानको छ बजेको रहेछl ‘को हुनु भो ‘ उसले मैले सोधेको उत्तर केवल अनुहार मात्र फर्कायो l रगताम्य अनुहार , बलिन्द्र आँसु l अहो ! मलाई अहिले याद आयो , अगि मेरो शरीरमा लागेको तरल पदार्थ सायद उसको आँसु हो अथवा रगतl ‘हजुर, तपाईँलाई म के सहयोग गर्न सक्छु ?’ यसो भन्दै म ओछ्यानबाट उठेँ l मलाई एकासी काम छुटे जस्तो भयो l उसले अनुहारको रगत हातले पुस्तै भन्यो ‘ म तिम्रो हजुरबा’ , मेरो सास रोकिए जस्तो भयो l मेरा आँखा आँसुले रसाए, मलाई भक्कानो फुट्यो l मलाई चिच्याएर कराउन मन लग्यो ‘यो तपाईँको अवस्था……… ?’ , मेरा शरीरका सबै रौँहरू ठाडा भए l हजुरबाले मलाई धेरै बेरसम्म अँगालो मार्नु भयो, केही बिल्नु भएन l मैले वहाँलाई जक्जक्यएँ , धेरै बेर पछि भन्नु भयो – ‘ डाँडाको घाम, भएको बुढोलाई कुटेर के पाउँछन् ?’ ‘ मैले उनलाई सोधेँ – कसले कुट्यो ?, उहाँले भन्नु भयो -” आर्मी हुँ भन्थ्यो l” यतिकैमा कालेको प्रवेश – ” केको गन्थन हो ? बरु पर..गड्डीमा जौंन l ” हजुरबा मलाई देखेर अलि अन्कनाए जस्तो गर्दै कालेसँग गड्डी तर्फ लागे l ‘दसै आउन धेर दिन छैन नानीहरूलाई यसो खसी ल्याउनु पर्ने, पैसा पनि छैन आँ… जसो होला l’ मैले आफ्नो मनलाई बुझाउने कोसिस गरेँ l सानो टापुमा दसनंग्रा ख्यहेर काम गर्नु पर्छ , भने जस्तो खान लाउन पुग्दैन l
आज अमावस्याको रात बरन्डामा ‘खत्र्यक’ खुतुर्क ‘ गरेको सुनिन्छ l केही बेर सुनसान फेरि उस्तै आवाज l नानीहरू सुतिरहेका छन् l मैले मेरी श्रीमतीलाई भनेँ – अस्ति हजुरबाले कुटाई खानु परेको थियो सायद , आज हाम्रो पालो होला l उनी डराए जस्तो गरिन् l मैले उनलाई भनेँ – ‘डराउनु पर्दैन , हेर.. हाम्रो इतिहास च्यातिएको छ; भत्किएको छ ; मरेको छ ; वस्तुतः इतिहास कहिले मर्नु हुँदैन l जबसम्म आकाश धर्तीको अन्त हुँदैन l उनी मेरो अनुहारमा हेरिरहेकिछन् मानौँ उनलाई मबाट धेरै कुरा सुन्न इच्छा जागिरहेको छ l सुन.. , सोह्र सय चौबिसमा, यो देशमा, लोत्सोम्पाहरु ल्याएको र तिनैका सन्तान विस्तार भएको रहेछ तर सम्झौतालाई कुनै कार्यमा उतारिएको छैन l ‘ ‘गर्रर…………….’ ऊ फेरि के करायो, रातभर सुत्न पाइएन l उज्यालो हुने बेलामा निमेषभर के निदाएको मात्र थिएँ , नानी रोहेको सुनेँ, फेरि मैले सुत्ने प्रयास गरिनँ, किन कि उज्यालो भैसकेको थियो l म सदा झैँ नित्य क्रम तर्फ लागेंl चिया पिउँदै मैले मनमनै भनेँ – यी सरकारी दलालहरू आज मेरो घरको बरन्डासम्म मात्र किन आए? , गाउँका राम्रा – राम्रा तरुणीहरू हामीलाई चाहिन्छ भन्छन् रेl ‘ म चियाको गिलास लिएर बरन्डामा पुगेँ l ‘अरे ! सर्प……’ मेरो हातमा भएको तातो चिया आफूले लगाएको वस्त्रमा पोखियो l म अतालिँदै बाहिर लट्ठी लिन गएँ l श्रीमती पनि अतालिँदै आइन् l मैले दुई हातले मच्चाएर सर्पलाई हिर्काएँ , सर्प कतै चलेन l यहाँ एक प्रकारको हाँसो भयो l श्रीमती भुँडी मिची – मिची हाँस्न थालिन् l म छक्क परेँ , वास्तवमा यो निर्जीव सर्प रहेछ l बिरालोले ल्याएर राती नै मारेको मुर्दा l