अधुरो प्रेम
सिएम निरौला
न्यु हेम्शायर, अमेरिका
यो कस्तो अधुरो प्रेम
राति मात्र लुकीछिपी आउने
अरूको डरले दिनभरि लुक्ने
अनि फेरि माया पनि लाउने।
भन्छिन् होला, “काले मोरा, तिमी राम्रा छौ।”
दिनमा दाइको डर लाउछ कसरी पो आँउ
बिहान बेलुका त ठिक्कै, दिनमा दिनमा कस्तो राप
आउ भने झुक्याएर बस्छ ढाडमा छाप
लुकीछिपी माया लाउन साह्रै माहिर छिन्
सबैजना निदमा हुँदा उनी उदाउँछिन्
एक्लै भेट्न भन्यो भने आउँदै आउँदिनन्
दिदी बहिनी थोरै छैनन् सँगै लिआउँछिन् !
नाम त थाहा छ काली तिम्रो, जात के होला?
अनि तिमीसँगै मडारिने त्यो चैँ को होला?
एकै चोटि उदाउँछौ,अनि सँगै अस्ताउँछौ
सुन्दरी छन् उनीहरू, नाम चैँ के होला?
नाम मेरो चादनी हो, प्रकृतिकी छोरी
हामीसँगै मडारिने बादल हुन् नि उनी
दिउँसो छाउन मन लाग्छ दाइको ‘सूर्य’ नाम
म हुँ ‘तारा’राती मात्र उदाउने पर्यो मेरो काम