अधूरो सपना
सुशील पोखरेल
दक्षिण अष्ट्रेलिया
“आफू संस्कृत विद्यालयमा मात्र सीमित नरहेर कुनै उदाहरणीय काम गर्ने, भूटानमा शास्त्रीय नृत्यलाई प्रचार–प्रसार एवम् प्रशिक्षण दिने, संस्कृतलाई कर्मकाण्ड पण्डित्याईँमा सीमित नराखेर यसबाट कुनै ठोस काम गर्ने जस्ता असल सपना बोकेका पुण्य ढकाल शहीद भएपछि उनको यो सपना पनि अधूरै रह्यो ।”
सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीको अन्तर्राष्ट्रिय छात्रावासमा हामी सन् १९८४ को आरम्भदेखि १९८६ सम्म सँगै थियौं । पुण्य प्र. ढकाल विश्वविद्मालयको प्रमाणपत्रीय परीक्षा दिने तयारीमा थिए । सन् १९८६ मा मेरो शास्त्री अन्तिम वर्ष । एक लगनशील व्यक्तिको रुपमा म उनलाई चिन्थेँ । उनको रहन सहन र हाउभाउबाट उनी एक सभ्य अनि कुलीन घरका व्यक्ति हुन् भनेर विश्वास गर्न सकिन्थ्यो । उनको पैतृक वा पारिवारिक विषयमा मलाई त्यति धेरै थाहा थिएन । शुरुमा म दागापेला गएको पनि थिइनँ । भूटानबाट अचानक संस्कृत विषय पढ्न भनेर वाराणसी आएका व्यक्तिलाई त्यसताक सरकारले कुनै आर्थिक सहुलियत उपलब्ध गराउने व्यवस्था नै थिएन । साह्रै दुःख पाउँथे विद्यार्थीहरु । शुरु शुरुमा उनले पनि निकै कठिनाइको सामना गर्नपर्यो । छात्रावासको एउटै कोठा बसेकोले पनि हामी दुई बीच कुनै लुक्ने छुप्ने कुरो थिएन । त्यसै पनि हामी भूटानको पर्यौं । केही महिनापछि सरकारले संस्कृत पढ्ने विद्यार्थीहरुको निम्ति छात्रवृत्ति उपलब्ध गराउन थालेपछि उनले संस्कृत विषय पढ्ने भनेर भूटानको शिक्षाविभागबाट छात्रवृत्ति पाए । यसपछि भने उनको दैनिकी निकै सहज भएको थियो ।
हुन त हामीबीच भूटानका अरु पनि छात्र थिए । विश्वविद्यालयमा सबैको रेकर्ड राम्रो थियो । सबैको मिहिनेत देखेर प्राध्यापकहरु खुशी हुन्थे । मिहिनेत, लगन, इमान्दारिता अनि मनको स्वच्छतामा पुण्य ढकाल निश्चय नै अग्रणी थिए । पढाईका साथसाथ शास्त्रीय संगीत (गायन) मा मेरो रुचि थियो । यसैले बनारस घरानाका शस्त्रीय गायक श्रीजालपा प्रसाद मिश्रलाई गायनका गुरु मानेर म उनको घरमा प्रत्येक दिन बिहान ससाना राग सिक्ने गर्थेँ । यो देखेर पुण्य ढकाल पनि शास्त्रीय नृत्यमा आकर्षित भएका हुन् । एक दिन बनारस घरानाकै कत्थक नर्तक श्री बिरजू महाराजका चेलासित उनी नृत्य सिक्नथाले । खँदिलो अनि निकै गम्भीर स्वर भएका कारण मैले उनलाई शास्त्रीय नृत्यभन्दा गायन सिक्ने सल्लाहा दिएको हुँ तर, एकदिन बनारसको कबीच चैरास्थित नागरिक नाटक मण्डलीमा आयोजित शास्त्रीय नृत्य कार्यक्रममा बिरजू महाराज र उनका चेलाहरुको नृत्य देखेर उनी पनि शास्त्रीय नृत्य सिक्ने निर्णयमा पुगेका हुन् । गुरु-शिष्य परम्पराअनुसार नृत्य सिकेर उनले त्यस विषयमा परीक्षा समेत दिएका थिए । नृत्यको कक्षासितै अब आएर उनलाई दैनिक अध्ययनको निम्ति पनि थप समय निकाल्नु थियो । तर समयबद्ध भएर काम गर्ने प्रेरणा उनले गुरुहरुदेखि पाएका हुन् । उनी समयसित कहिले चुकेनन् । विश्व विद्यालयको दैनिक अध्ययनमा पनि उनी निरन्तर सफल भएका हुन् ।
स्वस्थ शरीर, निकै ठूलो स्वर, हत्तपत्त आफ्नो विचार अरुलाई प्रकट नगर्ने, कुरो सबैको सुन्ने अनि भन्नै पर्दामात्र मनको कुरो अरुलाई भन्ने उनको विषेशता थियो । घरमा बूढ़ा बाबा-आमा, भरखरकी श्रीमतीबाट अलग रहेर लामो समयसम्म विश्वविद्यालयमा अध्ययन गर्ने ढकाललाई बेला बेलामा घरको चिन्ताले पनि नसताएको होइन । सरकारी छात्रवृत्तिको सुविधालाई ध्यानमा राख्दै उनले अध्ययनको काम जारी राखेका हुन् । सालमा एकपल्ट छुट्टिमा दागापेला पुग्ने, आफ्नो घरको भलाकुसारी बुझेपछि उनको मन ढुक्क हुन्थ्यो । पढाई सकेर भूटानमा के गर्ने ? के पाँचवटा संस्कृत विद्यालय मै हराउने ? धेरैले संस्कृतको क्षेत्र सीमित छ, भरपर्दो जागीर पाइने होइन भन्ने धारणा राख्थे । तर संस्कृतलाई कर्मकाण्डको क्षेत्रमात्र नबनाएर यसबाट विविध ग्रन्थको अध्ययन, अनुसन्धान र अनुशीलन गर्नु हो भने भूटानमा क्षेत्रको कमी छैन भन्ने कुरो हामीलाई थाहा थियो । तर हामीमध्ये धेरैलाई जागीर खाने चिन्ताले सताउँथ्यो । पुण्य ढकाललाई भने त्यसप्रकारको चिन्ताले कहिले घेरेन । उनी भन्थे, “बौद्ध धर्म दर्शनमा संस्कृतको विशाल भण्डार छ, यसै विषयमा हामीले काम गर्नसक्यौं भने क्षेत्रको के कमी ? बौद्ध धर्मका अपार ग्रन्थहरु छन् भूटानमा । यसको अनुसन्धान गर्नसक्नु हो भने भूटानको निम्ति अनुकरणीय काम हुनसक्ने छ ।” उनको यो खाले कुरो सुनेर मलाई पनि निकै खुशी लाग्थ्यो किनकि, यो विचार मसित मेलखाने खालको थियो । हामी यी विषयहरुमा बेला बेलामा लामो छलफल गर्थ्यौं । धेरैले संस्कृत पढ्नेले यजमानी वा पण्डित्याईँबाहेक अरु कुनै काम गर्दैनन् र गर्न जान्दैनन् पनि भन्ने विचार बोक्ने गर्थे । भूटानका गाउँ वा ससाना शहरदेखि राजधानी थिम्फूमा उपल्लो दर्जामा जागीर गर्ने दक्षिण भूटानका कर्मचारीद्धारा संस्कृत पढ्ने विद्यार्थीलाई “राम्रो पढ है, पछि हामीलाई यजमानी पुरोहित चाहिन्छ, तपाईं हाम्रो निम्ति असल बाजे बन्न सक्नुहुनेछ”, जस्ता उपहासपूर्ण वचन सुन्नपर्दा जसकसैको पनि मन अमिलो हुन्थ्यो । संस्कृतको गाम्भीर्य नबुझ्ने मूर्ख तपाईँहरु भनेर उनीहरुलाई ओठे – चोसे जवाफ दिनु हाम्रो निम्ति मर्यादित कुरो पनि भएन । उनीहरुले यतिमात्रै त जानेका हुन् । यस्तै परम्परा चलेर आएको पनि हो भूटानमा । संस्कृत विषय भनेको पुरोहित्याईँ र पण्डित्याईँको निम्ति मात्रै हो भन्ने सबै दर्जाका मानिसको धारणा रहेको थियो । हामी यस अपवादबाट अलिक अलग रहेर केही उदाहरणीय काम गर्न चाहन्थ्यौं । जात जातिको भेदभाव र साम्प्रदायिक विचारदेखि पनि निकै माथि उठेर गर्न सकिने असल काम ! तर कालन्तरमा त्यो सपना अधुरै रहेको हो ।
सन् १९८६ मा विश्वविद्यालयबाट मेरो बिदाई भयो । म डम्फू जुनियर हाई स्कूलमा नेपाली भाषा शिक्षकको काम गर्न थालें । सम्भवतः सन् १९८७ मा उनी आफ्नो अध्ययन सकी थिम्फू आएर ग्रेजुयेट ओरियण्टेशनको एक महिने प्रशिक्षणमा सहभागी भएका थिए । त्यसपछि हाम्रो भेट भएन । उनी कुन काममा लागे थाहा भएन । सन् १९८८ पछिको भूटान सरकारको दमननीतिले सिमाना नाघेपछि थाहै नभई यसविरुद्ध आवाज उठाउने काममा लागिएछ, भनौं अरुमाथि भएको अत्याचार देख्ननसकेर आन्दोलित हुने काम ! सन् १९८९ मा श्रीटेकनाथ रिजालज्यू सहितको समूहमा जेल पर्नेमा म पनि थिएँ । त्यसताक जेल पर्ने यो नै पहिलो समूह थियो । त्यसताक कुनै राजनीतिक पार्टीहरु पनि जन्मिएका थिएनन् । जम्मा २७ महिनासम्म वाङ्दीको रबुना जेलको थुनामा बसिए छ । सन् १९९२, फरवरी ४ को दिन जेलबाट रिहा भएपछि पुण्य ढकाल शहीद भइसकेको कुरो बेलडाँगी शरणार्थी शिविरमा आएर सुनेँ । मलाई बनारसको छात्रावासमा पुण्य ढकालसित गरेका धेरै कुराहरुको याद आयो । राम्रा अनि उदाहरणीय काम गर्ने, संस्कृत विषय पढेर सीमित क्षेत्रभित्र मात्र न अल्मलिएर एउटा यस्तो काम गर्ने जसबाट सबैले चिनून् भन्ने उनको सपनाको पनि अन्त भएको अनुभव गरेँ । उनीसितै चेमगाङ जेलमा थुनामा परेका दागापेलाका चुडामणि ओडारीले आफू रिहा भएपछि भूटानी सेनाले ढकाललाई दिएको यातनाको कुरो मलाई सुनाएका थिए । यो सुनेर आज पनि मेरा शरीरका रौं ठाडा हुन्छन् । थुप्रै असल अनि कुशल सपना बोकेको व्यक्तिको दुःखद अवसान भएको थियो । उनी शहीद भए । उनीसितै उनका सयौं असल सपनाहरु पनि शहीद भएर गए । एउटा पीडास्पद संस्मरण मात्र बाँचेर रह्यो । पुण्य ढकाल मात्र शहीद भएनन् उनी वास्तवमा पुण्यलोकमा पुगे, दर्जनौं परिजन, साथी र शुभचिन्तकहरुलाई चटक्क छोडेर……….।
गत वर्ष उनको नाउँमा पुण्य फाउण्डेशन गठन भएको छ । यसले साहित्यिक, शैक्षिक, साङ्गीतिक र अरु सामाजिक क्षेत्रमा असल योगदान दिने व्यक्तिलाई निष्पक्ष सहयोग गर्नेछ साथै पुण्य ढकालको सपनालाई यस फाउण्डेशनले कहिल्यै नबिर्यो्तस् भन्ने हार्दिक शुभेच्छा छ मेरो ।
सुशिल सर्
याहाको चली रहने कलम यस पली मधेश छाडी लेक लाग्गो । हाम्रा दाजु हामीले भन्दा अरुले नै राम्रो चिन्छन किनकी वाहाको जिवन गाउ भन्दा बहिर नै बढी रहयो । सायद याहाले पनि वाहालाई, बेग्लाई रुपले चिन्नु हुन्छ होला तेश्मा पनि, एउटै कोठामा बसे पछी । याहाको लेख रोचक्ताका साथ पढे, हिजो आमालाई सुनाउन मन परो तर कान राम्रो सुननु भएन ।
म याहा एक दुइ कुरा थप्न चाहान्छु । संस्कृत पढ्नका लागी छात्रबृती पाउने पहिलो बक्ती भए पनि, त्यो हाम्रो दाजुको कमाइ भने होईन । त्यो ता हाम्रा बाबाको कमाइ – दागापेला र थिम्फुको धावा, जोङ्दा देखी मन्त्रीले सम्म संस्कृतलाई शिछ्या न सुइकारे पछी राजाको काशो द्वारा दकछिण भुटानमा नेपालीले आङ्रेजी पढाइ सरह सुबिदा पाएका थिए ।यो कुरा याहालाई कसैले भन्नु पर्दैन ।
फोउन्दसनलाई याहाको शुभकामनाको आवशेक छ र धन्यवाद । म आफु स्पस्टिकारण दिन चाही रहेको छुइन, कि न कि म आवश्क ठानदिन्, यो भन्न – मेरो दाजुको नाम पुन्य प्रसाद होईन । तर याहाको लेखले, पाठक र भुटानीमा एउटा यस्तो मोहर (गोल्डन स्टम्प्) हानी दियोकी अहिलेको अवस्थामा यस्ले भ्रममा हुने र नजन्नेलाई बिश्वाश गर्न बध्य गरायो । अहिलेलाई एतीमा रोक्छु कि – हाम्रो दाजु मर्दा पुन्य प्रसाद भएर मरे । कसरी यो नाम – तीन ताका बनारश का विद्यार्थी अथवा समयमा खुल्छ ।
लेख् सम्झना, समय, र लगाब का लागि सुशिल सर जस्तो समकक्छी नहुने अरु सहिदहरुका बारेमा जन्ने र बुज्नेका कलमलाई गती भने सुशिल सरले अवस्य दिनु भयो ।
लक्ष्मी प्रसाद ढकाल
आमस्टर्डाम
सुशील दाई,
साचिनै तपाइको लेखले ढकालजिको मात्र नभएर सारा भुटानीको कथा व्यथा समेटेको जस्तो लाग्यो I
तपाइले पुरानो इतिहास कोट्याईदिनुभयो, मलाइ त भुटानमै पुगेजस्तो लाग्यो I यसरि समय समयमा बिर्सिन लागेको इतिहास अभ्याश गराइदिनुभयो भने म धेरै आभारी हुनेछु I तपाइको लेखले म धेरै प्रभावित छु I
धन्यबाद !
जय नारायण भण्डारी
किल्बर्न एडिलेड
सुशील भतिज,
तिम्रो अधुरो सपनाको रिदयस्पर्शी रचना हेरें . सम्झनाको आधारमा जीवनको पूर्वार्धको एउटा तीतो सत्य कागजको पानामा उतारेर कसैको जीवनीको बारेमा यथार्थ सार्वजनिकमात्र भएको छैन बरु एउटा देशको लागि ज्यानको आहुति दिने शहिदको सम्मान भएको छ. कुनै दिन देश स्वतन्त्र भएपछि उनको देशले नै खोजी गर्नेछ . उनको बारेमा लेखिएको यो लेख त्यस बेला झन् सान्दर्भिक हुनेछ . इमान्दार र असल मान्छेलाई इश्वोरले पनि चाडै लैजान्छ भनिन्छ . देशका सपुत तिमीलाई सलाम !! चाडै नै राष्ट्र स्वतन्त्र होस् र सबै राष्ट्रबादीहरु आफ्नू प्यारो मातृभूमिमा सम्मानकासाथ फर्कनसकुन . यही मेरो हार्दिक सुभकामना !!
कृष्ण पोखरेल
सोलुखुम्बु, नेपाल .
लेख बहुत राम्रो लग्यो /
उहाँ असल हुनुहुन्थ्यो र त चाँडै टाढा हुनुभयो। कृष्णजीले भन्नुभएझैँ कुनै दिन हाम्रा यी असल नायकलाई देशले नै खोजी गर्नेछ। यस्ता प्रतापी पुरुषको जीवनी लेखेर लेखकले उहाँमाथि ठूलो श्रद्धा गर्नुभएको छ। धन्यबाद उहाँलाई |
सुसिल दा तपाईको लेख पढे राम्रो लाग्यो .