अनुरोध

कवि
कवि

नैनसिङ मगर्
न्यू योर्क्, अमेरिका 

यो चोला नरको पवीत्र सबमा भाषा सबैको भए ।

भाषा छैन हुँदैन शिर यो संसार पारी गए ।

भाषाको कविता तिमीकन विजारोपण भएको ।

यसलाई सहयोग गर्नु किन हो ? एकजुट हुँदैन थ्यो ।

बोल्नेले पनि बोल्न द्वेष मनमा राख्दै छ भाषा यहाँ ।
त्यसलाई अब दीप बाल्न धरणी भानु तिमी छौ कहाँ ।
कोही आज यहाँ रुँदैछ बनमा भाषा पुकारी तहाँ ।
भेट्ने छैन कतै सबै जलथलाई भानु भानु बिनाको यहाँ ।

आऊ यो नरलोकमा कमल झैँ फुल्दै छरी कालमा ।
भाषाको नयाँननै उधार सबमा ज्योती छरोस यो जगमा ।
हाम्रो माथ सँधै पहाडमाथि राख्ने शक्ती देउ यहाँ ।
लागोस ज्ञान दिनै सुबुद्धी जनमा आकाश हाँक्ने महाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *