अस्तित्व मेटिएको मान्छे

भीम दाहाल

राजा देवता प्रकृति सबै लागे छन्
जन्मेछ मूली भनी सन्तानले त्यागेछ्न्
जीवन निने मानिन्छन ब्रह्म भान्से
बन्न पुग्यो अस्तित्व मेटिएको मान्छे

के दोष बिचरो छ त्यो बबुरो
बनेको छ आज निर्जन टुहुरो
भन्छन् सब जन त्यो अछुतो मान्छे
अपहेलित छ अस्तित्व मेटिएको मान्छे

मन्दिर मस्जित चर्च सबैतिर धाएको
अपहेलनाबाहेक अरु क्यै नपाएको
विद्वान भए पनि कसले मान्थे
पागल बनेको छ अस्तित्व मेटिएको मान्छे

भोकै छ बिचरो पुकार्दै बचाऊ
चल्नै छोड्या छन् दुवै पाउ
अमेरिका नभए अरु कसले गन्थे
म नै हूँ त्यो अस्तित्व मेटिए को मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *