शीर्षकबिनाको कविता

कवि
कवि

माराम्लोङ साम्पाङ, उत्तम  राई
ओहायो, अमेरिका

एक्लो मन बहादुर
आज बिहानै म-यो
पुरै….. गाउँभरि हल्ला छ
घरभरि
सिकुवाभरि
आँगनभरि
ड्याम्मै मान्छे छन्, गाउँ नै उल्टिएका
लगभग, एक महिना भा’को हो
मन बहादुर थलिएको
यस बिच,
कोही पनि छिरेनन्, त्यो सांघर नाघेर
कसैले पनि हेरेनन्, त्यो सिकुवातिर
एकै जना पनि आएनन्, त्यो आँगन टेक्न
तर आज??
हुन सक्छ,
हामी मान्छे……
जिउँदालाई भन्दा
मुर्दालाई बढी माया गर्छौँ!!!
मुर्दालाई बढी माया गर्छौँ!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *