आज मेरो सालिकको अनावरण
मलाई कुनै उद्भास थिएन
न थियो कुनै आस नै
समय शेक्स्पियर बन्छ भन्ने
तर थाहा पाऍ जब
म छक्क परें
म बाँचिरहेंको थिएँ
नाचिरहेंको थिएँ
मेरै दुनियाँमा
तर मलाई
विधीका सांसदहरुले
क्रुसिफाइ गर्ने
विधेयक पारीत गरिसकेका रहेछन्
र एउटा म
मारिएँ जीउँदै
अर्को मेरो जीवन बांचिरहयो
समयले ममाथि फालेका
ढुंगा, माटो, झट्टी
भेला पार्दै र मेरो
आफ्नै सालिकको
निर्माण गर्दै
मैले सोचेको थिएँ
यो कार्यक्रम
कसैले आयोजना गरिदिन्छ
तर कसैको मन पलाएन
र आफै आफ्नो सालिकको
अनावरण गर्न
लागिरहेछु म आज
तर यो उद्घाटन
अनपेक्षित र उदेकलाग्दो छ
यो समुद्घाटन समारोहमा
न दर्शक न श्रोता छन्
न छन् कुनै विशिष्ट
अतिथि महोदयहरु
मैले बारबार निमन्त्रणा
नगरेको पनि होइन
संकटको ठिहीमा
मेरो रहर खिहिरहयो
प्रारब्धले पस्किदिएको
जहर पिइरहयो
मेरो इमान्दार कचौराले
मेरी प्रेमिकालाई मैले दिएको
त्यो आश्वासन कामिरहयो
यो छातीमा भैंचालो सरि
त्यो मन्दीरमा जलाएको दियोले
पल पल डामिरहयो
मेरो नाममा अभाव गनाइरहयो
मलाई बिल गेट्सले
आफू सम्पन्नताको शिखर
चड्ने सिँढी बनाइरहयो
मेरो त्यो सपनालाई
नियतिको अखनीले तानिरहयो
विपन्नताको ठण्डीमा
मेरो चाहना कक्रिरहयो
मलाई गरीबीको साङ्लीले पक्रिरहयो
विपनाको छालले
ठक्कर खाइरहयो
सपनको धारमा तर
अघाउन कदापि सकेन
जति उघ्राए पनि
छ्यान्द्रिएको मेरो भाग्यले
बिटुलो गंगाको विशुद्ध जल
उघाएर कमण्डलु भर्न खोज्यो
आमाको शिरको
तुषारो सम्झेर तर
केही गरे भर्न सकेन
कुहिरोको भासमा भासिएको
त्यो मेरो गाउँको नाउँ
राख्न सकेन
हो आमा, तिम्रो कुपुत्रले
कुहिरोको भासमा भासिएको
त्यो घरको भित्ता
कमेरोले ढाक्न सकेन
Dear Ajnavi,
I have surfed over only a few Nepali poems by you, but I believe there is a strong poet within you.
Please keep on writing whenever you have time.
Thank You
Sanchaman Khaling
PA, United States