आफ्नो माटोको सिराने हुँदैन
इन्द्र प्रकाश खवास
अमेरिका
यो कुलो हो समुन्द्र होइन,कुलोमा पानी हुँदैन,
चल्ला ढुङ्गा र चट्टान,पानी बिना चल्ने कुनै जीव हुँदैन।
आवश्यक थियो हाम्रो देशमा,त्यस्तो मान्छे नहोला,
भोकै तिर्खै दौडी रहेछन्,कुलोमा पिउने पानी हुँदैन।
आज सोचौँ मित्र भोलि होइन,भोलि आए गए,
भोलि कसलाई थहा यो जिन्दगी हुन्छ हुँदैन।
त्यहाँ गन्तव्यमा नपुगी,भोक निन्द्रा नहोला,
जुन रात आफ्नो,बाटो र माटोको सिरानी हुँदैन।
यो कुलो हो समुन्द्र होइन,कुलोमा पानी हुँदैन,
चल्ला ढुङ्गा र चट्टान,पानी बिना चल्ने कुनै जीव हुँदैन।