आमा

नारायण सरण कोइराला 
अस्ट्रेलिया
आमा जननी हजुर धरती समान अमर रहने ।
जत्ति बोझ रत्तीभर पनि नसम्झने ॥
सारा कीट्पतङ्ग र पशुप्राणी अनि मानिसको ।
असह्य बोझलाई सहजै पचाउने कत्रो
साहस हजुरमा यसको ॥
पिउन पाएँ हजुरका ती अमृतका धारा ।
हजुरका ती वात्सल्य प्रेमले हटायो दुःख सारा ॥
हजुरलाई आमा ! भज्न पाएँ मेरो कत्रो अहोभाग्य ।
हजुरको शुभाशीर्वादले  बन्यो मेरो शुभाग्य ॥
भगवानले दिएको वाणीलाई हजुरले खिपेर चिल्ल्याउने ।
ताते-ताते देखि बाबा-आमासम्म भन्न हजुर नै सिकाउने ॥
हजुरले दिएको सुसंस्कारलाई बचाएर राखेको छु ।
दिन्न पतन हुन हजुरको सुसंस्कारलाई बचाएको छु ॥
आमा! हजुरको स्नेहलाई अटाउन सकिन यो कागजको टुक्रामा ।
बाचुन्जेल बचाएर राख्नेछु यो मेरो मस्तिष्कमा ॥
यही होस् शुभाशीष हजुरका सन्ततिमा ।
वन्दना गरी बाच्नेछु हजुरको प्रतिदिन सम्झनामा ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *