आमाको बिलौना

राधा काफ्ले 
क्यनडा
नगरेकै बेस हुन्छ
यो चोलाको आस
खरानीकै थुप्रो सरि
एकै ठाउँको बास
तागत हुन्जेल तिमीलाई
 आफ्नै सम्झी रहेँ
नचिनेको पराई झैँ
दुर्वचन  सहेँ
भोक,  तिर्खा, निद्रा
सबै बिर्सिएर पनि
गरेँ सेवा दिन्छौ साथ
 बुढेसकालमा भनी
आधा पेट,आधा निद्रा,
आधै रहे सपनाहरू
तिम्रा इच्छा पुरा गर्दै
फुलिसके कपालहरू
अब गयो त्यो जवानी
हारिसके मैले आँत
नजाऊ छाडी एकलै यहाँ
बनाएर बिल्लिबाठ
काम गरेँ रात दिन
थकाई, भोक, प्यास सही
छोरा, छोरी, घर परिवार
सुख होला सबलाई पछि
थाहा कहाँ थियो आज
आफैँ बेसहारा हुने
घर, गाडी, सामान,बचत
आएन काम यहाँ कुनै
एउटा कोठा, एउटै खाटमा
सीमित छ संसार मेरो
बिरामी र एकलो पनले
शरीर सारा शिथिल भयो
दुखाइको वेदनामा
 डाको छाडि
रुन मन छ
तिम्रो मुहार हेरी अब
अन्तिम  सास फेर्न मन छ
आऊ बाबु घर फर्की
आऊ मुहार हेर्न मन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *