उ आयो रे

कवि
कवि

बि.बि. पौडेल (भूटानी)
सिन्सिनाटी ओहायो

उ आयो रे।
धेरै वसन्त पछि ‘उ’आयो रे
गाउँ घरमा ठुलै खैलाबैला ल्यायो रे।
गैरीगाउँका साइला काका खुसी भएे रे।
अनि कसै कसैले नाम र दाम एकै चोटि कमाउने सपना देखे रे।
पूर्णिमाको जून सरी भाग्य उदाएको कल्पना गरे रे।
छाँट्नेहरूले, सम्पूर्ण अभिलाशाहरू पुरा भएको गफ छाँटे रे ।
सजाएका सपनाहरू पुरा भयो भन्दै कति धेरै माते रे।
वसन्त ऋतुको पालुवा सरी समाजिक सन्जालमा खुसी साटे रे।
तर तीनधुरे कान्छा बाले मौन रहँदै, उसलाई जन्म
दिने आमा बाबा प्रति श्रद्धा प्रकट गरे रे।
अनि हात्ती आयो हात्ती आयो फुस्स नहोस् भने रे।
विश्वमा नआएको ‘उ’ हामीमा आएको होइन
‘उ’ आउँदा आतिनु र मातिनु भन्दा उसको
सदुपयोग गरौँ भनी अलिपर सरे रे ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *