ऊ, भानु र म
भानु भानु भनेर ऊ चिच्याइरहँदा
मलाई कसैले जिस्क्याइरहेको भान हुन्छ
म झसङ्ग हुन्छु
यता उति हेर्छु
केवल सन्नाटा ,अन्धकार रुमलिरहेको।
अनि , अनि काँप्छु भयले
हो भानु हो
मलाई बारम्बार सरापे हुन्छ
किन कि म त्यो बाटोमा हिँड्न
सक्दिन कदापी पनि।
तर, तर उसलाई दया गर भानु दया गर
ऊ त प्रकाश हो र तिम्रो मुटु पनि।
हो त्यो त जीर्ण भइसको
उसलाई मर्मत चाहिएको छ
तिमीले सिर्जिएको छ ऊ पनि त प्रतेक युग युगमा
चिच्याई चिच्याई सहयोगको भिख मागिरहेको छ
होइन र ?
हो, तर म साँच्चीकै लंगडो छु
न आफैं हिँड्न सक्छु न लाठी नै टेक्छु
अनि गर्ल्याम्म पछारिएपछी
बल्ल मेरो होस् खुल्छ।
जब जब उसलाई सम्झन्छु
तब तब भानुको याद आउँछ
फेरि उही शून्यता फेला पर्छ
आखिर , यस्तो किन ?
ऊसंगको सम्बन्ध कतै पराइ कै खल्तीमा पर्ने त हैन ?
शंका, शंका लाग्छ मलाई
यदि यसो भए ऊ, भानु र म कसैको
र मेरो अस्तित्व , पहिचान अनि स्वाभिमान पनि कसैको
त्यसैले , भानु ऊप्रतिको आस्था जगाएर
बेलैमा होसियार हुने विवेक देऊ।
Awesome job.